राचुलिमा अग्निपिडितलाइ मुख्यमन्त्री शाहिद्वारा राहत बितरण

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकाको राचुलिका अग्नि पिडित परिवारलाइ घर जलेको ८ घन्टा भित्र कर्नालिका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र कानुन मन्त्री नरेश भण्डारीको उपस्थितिमा लता कपडा, खाद्यान्न लगाएतको सामाग्री हस्तान्तरण गरिएको छ ।

आज बिहान राचुलिको दलित वस्तिमा आगजनी हुदा ३ घर जलेर नष्ट भएका छन भने ११ घरमा क्षेती भएकोमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले हेलिकप्टरबाट राहत ल्याएर बितरण गरिए पछि अग्नि पिडितलाई राहतको महसुस भएको छ  । तिलागुफा बासिले सरकारले अग्नि पिडितको घाउमा मलम पट्टि गरेकोमा धन्यवाद दिएका छ्न ।कर्नालिका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले सबै घर निर्माण को जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको छ।

यस अघि कर्नाली प्रदेश सरकारले खाडा अग्नि पिडितलाइ हेलिकप्टरबाट राहत ल्याएर सहयोग गरिएको थियो भने गएको साउनमा आएको बाढीपिडितलाइ समेत राहत सामाग्रीको ब्यबस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित