कालीकोट । हिमालि क्षेत्रमा पाइने डाले चुकको प्रशोधन नहुंदा खेर जान थालेको छ । जिल्लाको पचालझरनाको भारपाटा,तारु, रास्कोटको देउरा, खांडाचक्रको चुलि, महावैको महावु लगाएतमा पाइने डालेचुकको प्रशोधनका लागि पहल नहुंदा खेर जान थालेको छ ।
परम्परागत रुपमा स्थानिय सामाग्रिबाट प्रशोधन गरेर प्रयोग गर्ने गरिएको भएपनि आधुनिक मेसिनबाट प्रशोधन नहुंदा कठिनाई आएको छ । पचालझरना गाउँ पालिकाको खार्दुमा स्थापना गर्न लागिएको उद्योगले काम थालनि गरेको भएपनि अन्य ठाउँमा भने शुरुवात हुन नसेको बताइएको छ । स्थानिय रुपमा तारा चुकको नाम दिइने डाले चुकको बैज्ञानिक नाम सेप्थुंग भन्ने गरिएको छ ।
कालीकोटका ग्रामिण क्षेत्रमा अचारमा प्रयोग हुने सो चुक महंगो रुपमा विक्री हुने गरेको छ । पचालझरना गाउँ पालिकाले खार्दुमा प्रशोधन उद्योग संचालन गरी उचित व्यवस्थापन गर्न लागि परेको पचालझरना गाउँ पालिका वडा न. ३ का वडाध्यक्ष लोकजंग कठायतले बताएका छन ।
उनका अनुसार गएको वर्ष गैरसरकारी संस्था संगको साझेदारीमा काम शुरु भएको र आफुले यस वर्ष उचित वजेट व्यवस्थापन गरेको बताएका छन ।
Discussion about this post