रास्कोटमा हिमचुलिको चौमासिक समिक्षा गोष्ठि सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी संस्थामा छुट्टै पहिचान कायम गर्न व्यवसायिक सफल रहेको हिमचुलि कृषि सहकारी संस्था लि.को प्रथम चौमासिक समिक्षा गोष्ठि रास्कोटमा सम्पन्न भएको छ ।

संस्थाको सेवा कार्यालय रास्कोटको आयोजनामा शुरु गरिएको समिक्षा गोष्ठिमा संस्थाका उपाध्यक्ष देवनारायाण संज्यालले अहिले कालीकोटका ग्रामिण वस्तिमा विभिन्न वित्तिय संस्थाले जवजरस्त ऋण थुपारेर कंगाल बनाउन खोजेकाले हिमचुलि कृषि सहकारी संस्था लि.ले सदस्यहरुको कृषि व्यवसायमा विशेष जोड दिदै अघि बढेको बताएका छन ।

उपाध्याक्ष संज्यालले महिलाहरुको क्षेत्रमा सामाजिक शसक्तिकरण लगाएतका काममा ठुलो सफलता हांसिल गरेको बताउदै समाजमा बोल्न सक्ने, आफुले गरेका व्यवसाय गर्दाका अनुभवहरुको सांटा सांट गर्न थालेकोमा आफैलाई गर्व लाग्न थालेको बताउदै आगामी दिनमा हिमचुलि कृषि सहकारी संस्थाको नेतृत्व महिलाहरुले गर्नु पर्नेमा जोड दिए ।

संस्थाले संचालन गरेका विभिन्न क्रियाकलापहरुको समिक्षा गर्दै आगामी दिनमा संस्थाले शुरु गरेका कार्यक्रमलाई अघि बढाउनु पर्नेमा जोड दिइएको छ ।

कार्यक्रमा संस्थाका केन्द्र प्रमुखहरुको उपस्थितिमा गरिएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णकला पाण्डे,संचालक मन तिरुवा लगाएतले उपस्थितिमा सम्पन्न भएको हो । चालु आर्थिक वर्षको पहलिो चौमासिकमा रास्कोट सेवा कार्यालयले गरेका काम कार्बाहीका साथै संस्थाका शेयर सदस्य २ हजार सदस्यहरुमा ३ करोड ७८ लाख रहेको छ भने बचत २ करोड ३१ लाख रहेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ तिव्रता दिदै कृषि व्यवसायमा पहिलो प्राथमिकता दिने बताएकी छन ।

समिक्षा गोष्ठिमा सहभागि सदस्यहरुले आगामी दिनमा संस्थाले आवश्यक्ताका आधारमा कर्जा प्रवाह गर्नु पर्ने, कृषि सम्बन्धि तालिम तथा भ्रमण गर्नु पर्ने माग राखेको फिल्ड सहायक जनक आचार्यले बताएका छन ।

संस्थाले जिल्ला भरका ९ वटा सेवा कार्यालयमा प्रथम चौमासिक समिक्षा गोष्ठिको आयोजना गरेको बताइएको छ । हिमचुलि कृषि सहकारी संस्थाले जिल्ला भर कृषि व्यवसाय,पर्यटन तथा अन्य क्रियाकलाप गर्दै आएको छ ।

कालीकोट जिल्लामा १३ हजार ३ सय शेयर सदस्यहरुमा २७ करोड कर्जा प्रवाह गरेको छ भने १० करोड बचत संकलन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित