वीर अस्पतालमा तालाबन्दी

7
SHARES
15
VIEWS

काठमाडौं । जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् ।

आन्दोलन शुरू गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्वास्थ्यकर्मचारीको मागलाई सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गर्न अस्पतालले बाध्य पारेको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले बताए ।

नेपाल स्वास्थ्यकर्मी संघको आइतबार बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेका उनले बताए ।

पदाधिकारीहरुको कक्षमा तालाबन्दी गरे पनि स्वास्थ्य सेवा निरन्तर संचालन हुने उनले उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित