महिलाको चेतना अभिबृद्वि र आत्मनिर्भर बनाउन हिमचुलिले नेतृत्व गरेको छ –स्थानीय महिलाहरु

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती भएका बित्तिय सस्थाको उपस्थिति सङ्गै ब्याबसाय फस्टाउन थालेका छ्न ।

सान्नित्रीबेणी गाउँ पालिकाकाको क्युरीमा गरिएको एक कार्यक्रमका सहभागी महिलाहरुले ग्रामीण क्षेत्रका महिलाहरुमा बचत गराउनुका साथै आत्मनिर्भर गराउन हिमचुली सहकारीको ठुलो खेलेको बताउदै बिगतमा आबस्यक परेको बेला श्रीमान सङ्ग हात थाप्ने ठाँउमा उल्टै श्रीमानलाई खर्च दिने वातावरण शुरु गरेको बताए । उनिहरुले आगामी दिनमा समाजमा पछि परेका महिलाहरुले नेतृत्व बिकास र चेतनास्तर उठाउने खालका कार्यक्रम ल्याउन अनुरोध समेत गरेका छ्न ।

उक्त कार्यक्रममा सेवा कार्यलय ब्यबस्थापक दन्त तिरुवाले चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक समिक्षामा प्रगती प्रतिबेदन पेश गरेका छ्न भने सस्थाका उपाध्यक्ष देबनारायण सन्ज्यालले महिलाहरुले आत्मनिर्भर बनाउन लागि परेको बताए ।

त्यसै गरी सस्थाका कोषाध्यक्ष कृष्ण कला पाडेले हिजो समाजमा बोल्न नसक्ने महिलाहरुले बोल्ने बिकास भएको बताउदै आगामी दिनमा अझै सकृय हुँदै हरेक सदस्यले अनिवार्य बचत गर्न समेत अनुरोध गरेकी छ्न । जिल्लाको सबै भन्दा ठुलो ब्यबसायिक हिमचुली कृषि सहकारी सस्था लि हो ।

मेहलमुडी सेवा कार्यलयमा जम्मा सदस्य १ हजार ९९ जनामा २ करोड ३० लाख रहेको बताइएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सेवा कार्यलय स्थापना गरेर सेवा दिदै आएको छ । जिल्ला भर १३ हजार सदस्यहरुमा २७ करोड लगानी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित