प्रचण्डले पाँच वर्षकै लागि ओलीलाई प्रधानमन्त्री छाड्नुभयो, काम गर्ने ढंग पुगेन– जनार्दन शर्मा

7
SHARES
15
VIEWS

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आफ्नै सरकारको चर्को आलोचना गरेका छन् ।

नेता शर्माले सरकारले ढंगले काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘सरकारले निर्णय गरेको छ । तर, ढंगले काम गरेको छैन । सरकार सञ्चालनको ढंग नपुगको कुरा हो ।’

शर्माले दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग गर्छु भन्दा पनि प्रधानमन्त्री ओलीले सल्लाह र सुझाव लिन नमानेको बताए । उनले ओलीले कुनै पनि सुझाव र सल्लाहलाई सुनुवाइ नगरेको बताए ।

जनताका आधारभूत दैनिक समस्यालाई पूरा गरेर जानुपर्ने भन्दै नेकपाका नेता शर्माले भने, ‘कोरोना महामारीमा सरकारले उपचार गर्दैन भन्न मिल्दैन । सर्वोच्चको आदेशपछि उपचार गर्छु भन्छ । त्यही कुरालाई ढंग मिलाएर जान सकिन्थ्यो ।’

ओलीलाई सहयोग गर्न प्रचण्डले पाँच वर्ष प्रधानमन्त्री बन्न बाटो छाडिदिएको बताएका शर्माले भने, ‘ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्नुस् । अध्यक्ष पनि बन्नुस् भन्नुभयो । तर, बैधानिक निर्णय गर्दा पार्टीमा सल्लाह गरेर गर्नुस् भनेकै छौँ । उहाँले किन त्यो कुरा लागू गर्नुभएन ?’

शर्माले ओलीको मात्रै लोकप्रियताले निर्वाचनमा बहुमत नआएको बताएका छन् । ‘दलको लोप्रियताले बहुमत आएको हो । एमाले र माओवादी मिलेर चुनाव लडेका हुन्’, उनले भने, ‘व्यक्ति एक्लै भएको भए ओलीजी लोकप्रिय हुन सक्नु हुने थिएन । दलका कारण उहाँ लोकप्रिय बनेको हो । व्यक्ति केही होइन ।’

नेकपाका नेता शर्माले ओलीले आफू सबै कुरा हुँ, सबै जान्नेबुझ्नै मै हुँ भन्ने प्रवृत्तिले समस्या भएको बताएका छन् ।

# कान्तिपुर टेलिभिजन सँगको अन्तर्वार्ताका क्रममा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित