एकीकृत जनक्रान्ती सबैको साझा एजेन्डा भैसक्यो – बिप्लब नेता भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेकपाका कालीकोट जिल्ला इन्चार्ज कर्ण भण्डारी (बिराट)ले एकीकृत जनक्रान्तिको कार्यदिशा सबैको साझा एजेन्डा भएको बताएका छ्न । उनले रास्कोटमा गरिएको पार्टीको आन्तरिक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । ग्रामीण  स्तर सम्म योजना सम्प्रेषणको अभियानका क्रममा  कार्यक्रताहरुलाइ पार्टीले जनयुद्ध दिवस र यस्का अवसरमा गरिने क्रियाकलापहरुको योजना अघि बढाउन अनुरोध गरिएको बताइएको छ  ।

पार्टीको आन्तरिक कार्यक्रताको बैठकमा  सहभागी कार्यक्रताहरुका बिचमा बिप्लव नेतृत्वका कालीकोटका सेक्रेटरी मनिलाल ऐडि (रणदिप) र सल्लाहकार समितिका सयोजक छत्र बम लगाएतका नेताहरुको उपस्थितिमा बैठक तथा प्रशिक्षण सम्पन्न भएको जिल्ला सेक्रेटरी मनिलाल ऐडिले बताए ।

उनका अनुसार एकीकृत जनक्रान्तिले  नक्कली कम्युनिष्टहरुको पत्ता साफ हुने दाबी समेत गरिएको बताइएको छ ।

कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बिप्लव नेतृत्वको नेकपाका गतिबिधी बढीरहेको भन्दै सरकारले सुरक्षा सतर्कता बढाउन  थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित