सुर्खेत/वैशाख,कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । लकडाउन भएको ११ चैत्रदेखि हालसम्म ३१ जनाले आत्महत्या गरेका हुन् ।
सबैभन्दा बढी सुर्खेत जिल्लामा १५, सल्यानमा आठ, दैलेखमा चार, रुकुम पश्चिममा दुई, जुम्ला र डोल्पामा एक÷एक जनाले आत्महत्या गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा झुन्डिएर २५ जना र बिष सेवन गरेर ६ जनाले आत्महत्या गरेको जनाएको छ ।
Discussion about this post