हिमचुलिको पादमघाट र थिर्पुमा समिक्षा गोष्ठी सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी सस्था लिको पादमघाट र थिर्पुमा प्रथम चौमासिक समिक्षा गोष्ठी सप्पन्न भएको छ । आज महाबै गाउँ पालिकाको पादमघाट र पलाता गाउँ पालिकाको थिर्पुमा समिक्षा गोष्ठी भएको हो । पलाताको थिर्पु सेवा कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा पलाता वडा नम्बर ९ का वडा अध्यक्ष टक्क बमको उपस्थिति सहित संचालक समितिका सदस्य दमिला शाही र छत्र कार्किको समेत उपस्थिति रहेको थियो । उक्त सेवा कार्यलय ब्यबस्थापक नन्द बहादुर कटुवालले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा भएका गतिबिधिका बारेमा प्रगती प्रतिबेदन पेश गरिएको बताइएको छ । सस्थाको समग्र गतिबिधिका बारेमा सस्थाका कर्जा प्रमुख सिंह बहादुर शाहिले मन्तव्य दिनु भएको बताइएको छ । त्यसै गरि पादमघाट सेवा कार्यलयमा सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यको उपस्थितिमा गोष्ठी सम्पन्न भएको हो भने पादमघाट सेवा कार्यलय  व्यवस्थापक चन्द्रमणी आचार्यले प्रगती प्रतिबेदन पेश गरेको बताइएको छ  । दुबै सेवा कार्यालयमा उपस्थित लघुबित्त केन्द्र प्रमुखहरु बाट प्रतिबद्धता समेत गरिएको बताइएको छ । यस अघि सात वटा सेवा  कार्यालयको समिक्षा भइसकेको र बाकी २ सेवा कार्यालयको हुन बाकी रहेको छ भने आगामी पौष ७ गते १२ औं बार्षिक साधारणसभाको तयारी गरिएको सस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित