डोटीमा सुन्तलाले बजार नपाउदा खेर जाने अवस्थामा

7
SHARES
15
VIEWS

डोटी । बोगटान फुडसिल गाउँ पालिकामा अत्याधिक मात्रामा पाइने सुन्तलाले बजार नपाउदा वर्षेनि खेर जान थालेका छन । विगत वर्ष झैं यस वर्ष व्यापक मात्रामा सुन्तला फलेको र अहिले सम्म व्यापारीले खरिदका लागि नआउदा खेर जान थालेको स्थानि कृषक वालासिंह बोहराले बताए । उनले भने गएको वर्ष बजार प्रतिकेजि २० रुपैयाले विक्रि गरेको भएपनि यस वर्ष भने विक्रि हुन नसकेको बताउदै गाउँमा व्यापारी आएर खरिद गर्ने गरेको बताए ।
कृषकहरुका बारीमा फलेको सुन्तलाहरु माग्न आउनेहरुलाई वितरण बाहेक अरु केही नभएको बताए । उत्पादित सुन्तलाको बजार व्यवस्थापनमा स्थानिय सरकारले चासो नदिएको कृषकहरुको भनाई रहेको छ । अहिले हिउदको समयमा तराईबाट आएका आफन्तहरुलाई सुन्तलाको भारीहरु पठाउने गरिएको छ ।
स्थानिय सरकारले भने व्यापक मात्रामा पाइने सुन्तला उत्पादनमा जोड दिएको तर तत्काल बजारमा लैजान बाटोको अवस्था सहज नभएकाले बाहिरबाट व्यापारी आउने नसकेको बताइएको छ । बोगटान फुडसिल गाउँ पालिका वडा न. १ देखि ७ सम्मका हरेक वस्तिमा न्युनतम ३ देखि १० वटा भन्दा बढि सुन्लताका रुख रहेका छन ।
सो गाउँ पालिकाबाट एक दिनको दुरीमा रहेको दिपायलमा भने सो सुन्तलाको प्रति केजि ५०देखि ६० रुपैया सम्म मुल्य रहेको छ भने कैलालिमा सुन्तलाको मुल्य ८० देखि ९० रुपैया रहेको बताइएको छ । बोगटान मात्र नभई डोटीका ग्रामिण क्षेत्रमा यातायातको सहजता नभएकाले अदुवा लगाएतको उत्पादित वस्तुले उचित मुल्य पाएका छैनन् ।

ग्रामिण क्षेत्रमा उत्पादित अदुवाको खरिदका लागि जिल्ला बाहिरका व्यापारीहरुले गाउँमा पुगेर प्रति केजि १५ रुपैयामा खरिद गर्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित