एशियालि मुलुकमा तत्काल कोरोना खोप असम्भव –विश्व स्वस्थ्य संगठन

7
SHARES
15
VIEWS

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप तत्काल नआउने बताएको छ ।

संगठनले एसियामा तत्काल खोप पाउने सम्भावना नरहेको बताउँदै ६ महिनादेखि एक वर्षसम्म अझै कुर्नपर्ने बताएको हो । खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने संगठनको भनाइ छ ।

त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ-ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताए ।

एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित