स्याल जिस्क्याउनु र सिंह जिस्क्याउनु फरक हो – रोकाया

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,जिल्लाको पलांता गाउँ पालिकामा स्थानिय सरकार र पार्टी विचमा भएको विवादले उच्च रुप लिएपछि भएको झडपले दुवै पक्ष आ आफ्नो हठमा रहेका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पलांता गाउँ कमिटि अध्यक्ष विष्णु रोकायाले स्याल जिस्क्याउनु र सिंह जिस्क्याउनु फरक भएको र अब यात्रा शुरु भएको बताएका छन । उनले “पलांता गाउँ पालिका वासिलाई तपाईको साथ पाएकै छु ।तपाईको ऋणि छु भन्दै धन्यावाद दिदै अध्यक्ष रोकायाले जोस र शाहसका साथ अगाडि बढिन्छ” बताउनु भएको छ ।

सामाजिक संजालमा आईतवार आफ्नो फेसबुक स्टाटसमा आफुलाई सिंह भएको सज्ञा दिदै लेख्दै “अपराध सधै चल्दैन,झुटको खेति कति चल्छ हेर्दै जानु छ” भन्ने चेतावनि मुलक अभिव्यक्ति दिएका छन । उता गाउँ पालिका अध्यक्ष लम्क्ष्मण बमले उपचारमा जाने क्रममा पलांता बासिको सहयोग पाएकै छु अब छिटै फर्केर आउने छु मेरो पुस्ता सम्मले पलांता बासिको ऋण तिर्ने अभिव्यक्ति दिएका थिए ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले घुमाउरो पारामा लेखेको भएपनि नेपाल कम्युनिष्ट पार्टीका पलांता अध्यक्ष विष्णु रोकायाले भने प्रत्यक्ष रुपमा आउने दिनमा पनि समस्या समाधान नभई भिड्ने योजना जस्तो अभिव्यक्ति गरेको देखिन्छ । उक्त घटनालाई सहजिकरणको विशेष भुमिका खेल्नु भएका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पहिलो झडप हुन नदिन र स्थिति सामान्यकरण गर्नु र दोस्रो घाईतेको उद्दार गरी उपचारमा पठाउने काम सम्पन्न भएपनि पिडितलाई न्याय र जनता सम्म पैदा भएको अन्तरविरोधको हल गरी थप दुर्घटना हुन नदिन प्रशासन र नेपाल कम्युनिष्ट पार्टीको आएको उल्लेख गरेका छन ।

गत शनिवार धौलागोहको राडुनेटामा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले राडुनेटा देखि खिन सम्मको सडक निर्माणका लागि आफै निजि डोजर लिएर काम शुरु गर्न थाले पछि विवाद भएर वडा न. १का अध्यक्ष मानबहादुर भण्डारीका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँ कमिटि अध्यक्ष विष्णु रोकाया र गाउँ पालिका अध्यक्ष विच हानाहान हुंदा दुबै पक्षका आधा दर्जन घाईत भएका थिए ।घाईते लक्ष्मण बम र उनका पत्नि गोरिकला बमको सुर्खेतमा उपचार भइरहेको बताइएको छ ।

यसरी दुबै पक्षले जनताका लागि काम गर्ने अवस्थामा संयम हुन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका अध्यक्ष धनजित शाहीले आन्तरिक समस्या भएकाले आन्तरिक रुपमा हल हुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित