पचालझरना अध्यक्ष सेजुवालको पहलमा पलाताको ताला खुल्यो

7
SHARES
15
VIEWS

कालीकोट । एक साता अघि पलाता गाउँ पालिका कार्यलयमा लगाइएको ताला आज पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा ताला खुलेको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका साथ बाझकोटका स्थानीय र पलाता बासीका साथ संघर्ष समिती बिच भएको सहमतिमा ताला खुलेको बताइएको छ ।

अध्यक्ष सेजुवालले कोल्थे सिचाइ आयोजनाका बारेमा तत्काल छलफल गरि निकास निकाल्ने सहमतिका साथ शुक्रबार ताला खोलिएको बताउनु भएको छ । पलाता बासि,संघर्ष समिती,पचालझरना ५ बाझकोट बासि र इप्रका थिर्पुका प्रमुखको रोहबरमा ताला खुलेको हो । दुई महिना अघि पलाता बासीले पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले पचालझरनालाइ बेचेको भन्दै स्थानीयले गाउँ पालिकामा ताला लगाएका थिए ।

धौलागोहको राडुनेटामा गरिएको आमसभालाई सम्बोधन गर्न कर्नाली परदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पलातामा आएको दिनमा पलाता गाउँ पालिकामा ताला लगाइएको थियो । पचालझरनाको वडा नम्बर ५ बाझकोटमा कोल्थे सिचाइ आयोजनामा हुरुण्डेक नेपालको आर्थिक सहयोगमा संचालनको क्रममा रहेको छ ।

पचालझरना बासिको सिचाइ गर्ने चाहनालाई मध्यनजर गर्दै पलाता पुगेर समस्याको समाधान गरेका अध्यक्ष सेजुवालले उक्त सिचाइ आयोजना बाट कसैलाइ असर नपर्ने गरी निकास निकाल्ने बताउनु भएको छ । उहाँले मुल दिनेलाई र लिनेलाइ कसैलाइ असर नपर्ने गरी निकास निकाल्नका लागि परेको बताउदै पचालझरनाका कारणले पलातालाइ असर नपरोस भनेर आफू पलातामा पुगेर निकास निकाल्न लागि परेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित