शहिद गाथा : डिल्लि प्रसाद आचार्य (सरल)को जिवनि

7
SHARES
15
VIEWS

२०४८ सालमा एकता सम्मेलनमा आयोजक सेक्रेटरी भएका डिल्लि प्रसाद आचार्य(सरल)को जन्म २०२४ साल चैत्र १५ गते साविकको मान्म गाविस वडा न.६ बद्रिगाउँमा आमा धनकला आचार्य र बुवा देउराम आचार्यको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिनु भएको हो । समाजसेवि र परोपकारी भावनाका आचार्यले रुखको छहारीबाट अध्ययन कार्य शुरु गरी प्राथमिक अध्ययन ताडी र माध्यमिक तहको शिक्षा पञ्चदेव मावि मान्मबाट गरेर उच्च शिक्षा अध्ययनका लागि आइएस्सि अध्ययन मेहन्द्र बहुमखि क्याम्पस नेपालगंजबाट हुंदै काठमाडौंको ताहाचाल क्याम्पसबाट गर्नु भएको हो ।

एकता जिल्ला सम्मेलन पछि २०४८ देखि २०५१ सम्म जिल्ला सचिवालय सदस्यको हैसिएतमा रहनु भएका आचार्य पञ्चदेव मावि मान्ममा अध्यापन कार्य गर्दै आउने क्रममा पटक पटक तत्कालिन सत्ताधारीले नियन्त्रणमा लिएर शारिरीक तथा मानसिक यातना दिएर तारेखमा छोडेको थियो । पाखा १ निवासि दुर्गा आचार्य संग बैवाहिक जिवनमा बाधिनु भएका सरलको २ छोरा र एक छोरी रहेका छन । शहिद डिल्लि आचार्यका १ भाई र तिन दिदी वहिनी छन ।
तत्कालिन सत्ताका प्यादाहरुले दिएको निर्मम दमन र समाज देखिएको अन्यायलाई सहन नसकि डिल्लि प्रसाद आचार्य २०५६ साल साउन १६ गते पूर्णकालिन भई जनयुद्धमा होमिनु भएको थियो ।

जनयुद्धमा सहभागि हुंदा सिंगो भेरी कर्नालि भर वहाँको चर्चा भएको थियो । वहाँलाई पार्टी जिल्ला विशेष कमिटिको जिम्मेवारी पुरा गर्दै आउनु भएको छ । वहाँलाई २०५६ साल चैत्र २६ गतेका दिन सुकाटिया गाविसको रारा भन्ने ठाउँमा स्थानिय सिआइडीेको सुराकीको आधारमा प्रहरीले घेरा हालि निर्मम याताना दिई आत्मसमर्पण गर हैन भने गोलि हानि दिन्छु भन्दा पनि बरु गोलि खान तयार छु आत्मसमर्पण गर्दिन भने पछि गोलि हानि हत्या गरेको थियो ।

जनताको निम्ति ज्यान दिने शहिद सरलको अहिले भएको भए यहाँका जनताका लागि केही न केही नयाँ र सुनौलो काम गर्ने अवस्था आउने समुदायले भान गरेका छन । डिल्लि आचार्य जस्ता होनाहार छोरा जन्माउने आमा बुवालाई नेपालि जनयुद्धको इतिहांसले कहिले भुल्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित