पचालझरनामा संसद विघटनको विरोध ¥यालि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा पचालझरनाले प्रधानमन्त्रि केपि शर्मा वलिले संसद विघटन गरेको विरोध जनाएको छ । आज पचालझरना गाउँ पालिकाको वडा न. २मा आयोजित कार्यक्रममा उपस्थित नेता तथा कार्यक्रताहरुले असंबैधानिक कदम तत्काल सच्याइ देशलाई दुर्घटनाबाट बचाउनु पर्नेमा जोड दिएका छन ।

अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य खडगराज सेजुवालले पचालझरना गाउँ पालिकामा नेकपामा फुट नहुने र एकता बद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ । सेजुवालले दुई तिहाई कम्युनिष्टको सरकारले केही गर्ने चाहाना जनतामा हुंदा हुंदै पार्टी निति र विधि भन्दा बाहिर गएर प्रधानमन्त्रि वलिले आफु खुशी गर्नु नै गलत भएको बताउनु भयो ।

नेकपा पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकले पार्टीले सरकार संचालन गर्नु पर्नेमा सरकारले पार्टी चलाएकाले देशमा कठिनाइ आएको बताउनु भयो । पचालझरना गाउँ कमिटिको आयोजनामा आयोजित पार्टी प्रशिक्षण तथा कार्यक्रता भेटघाट कार्यक्रम अघि बढेको छ ।

यस अघि वडा न. ८ र ९मा पार्टीका अगुवा कार्यक्रताहरुको उपस्थितिमा कार्यक्रम भएको थियो भने अन्य वडाहरुमा समेत पार्टी प्रशिक्षण तथा कार्यक्रता भेटघाट अभियान संचालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित