वलि सरकारका ७ मन्त्रि द्धारा सामुहिक राजिनामा

7
SHARES
15
VIEWS

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्।

उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव, बन मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले राजीनामा दिएको बताएका हुन्। पत्रकार सम्मेलन गरी उनीहरूले राजीनामा दिएका हुन्।

संसद विघटन गरेपछि त्यसमा असहमति जनाउँदै मन्त्रीहरूले राजीनामा दिएका हुन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले आफूनिकटका मन्त्रीलाई राजीनामा गर्न भनेका थिए।

पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टले राजीनामा दिएका छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित