रास्कोटमा आंखा उपचार केन्द्र स्थापना,हिमालयन आंखा अस्पतालबाट १२ लाखको सामाग्रि सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकालाई हिमालय आंखा अस्पताल घारीपाटन पोखराले आंखा उपचार केन्द्रका लागि सामाग्रि हस्तान्तरण गरेको छ । आइतवार रास्कोट नगरपालिकामा सामाग्रि हस्तान्तरण गर्दै हिमालयन आंखा अस्पताल पोखराका अप्टिकल अफिसर गोविन्द नाथ योगिले आंखा अस्पताल पोखरा र रास्कोट नगरपालिकाको साझेदारीमा रास्कोटमा आंखा उपचार केन्द्र स्थापनाका लागि सहयोग गरेको बताउनु भयो ।

अफिसर योगिले जेष्ठनागरिकहरुको सेवामा विगत लामो समय देखि काम गर्दै आएको हिमालय आंखा अस्पतालले ग्रामिण क्षेत्रका दुरदराजमा आएर सेवा दिएको बताउदै आगामी दिनमा पनि निरन्तर सेवा दिने बताउनु भएको छ ।
उक्त सामाग्रि ग्रहण गर्दै प्रमुख काशिचन्द्र बरालले हिमालय आंखा अस्पताल पोखराले १२ लाखको सामाग्रि सहयोग गरेकोमा धन्यवाद दिदै यस आंखा उपचार केन्द्र स्थापना गरेर कालीकोट जिल्लाका साथै छिमेकी जिल्ला बाजुरा,मुगु,हुम्ला र अछामका समुदायले आंखा सम्बन्धि उपचार गर्न पाउने भएको बताउनु भयो । वहाँले कालीकोट जिल्लामा स्थानिय तहमा सबै भन्दा पहिला रास्कोटमा आंखा उपचार केन्द्र स्थापना भएकोमा रास्कोट नगरवासिका साथै जिल्ला बासिलाई सहजता हुने बताउनु भयो ।

आंखा सम्बन्धि समस्यका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ । रास्कोट आंखा उपचार केन्द्र मंगलबार विधिवत ढंगले उद्घटान गरिने रास्कोट नगरपालिकाले जनाएको छ ।रास्कोट नगरपालिकामा आगामी चैत्रमा आंखा शिविर संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित