पचालझरनामा रिङ्ग रोडको अध्यक्ष सेजुवाल द्धारा उद्घाटन,स्थानिय द्धारा भव्य स्वागत(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको रिंगरोड संचालनमा आउने भएको छ । लामो समय देखि निर्माणधिन रहेको उक्त विजुल्लि वडार को भिर सडक निर्माण भएपछि आज पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले उद्घाटन गर्नु भएको हो ।

सडक उद्घाटन गर्दै अध्यक्ष सेजुवालले आगामी छोटो समयमा कर्नालि करिडोरको लैफु सम्म यातायातका साधन संचालन हुने बताउदै पचालझरनाका टोल टोलमा सडक विस्तार गरी यातायातमा पहुंच पुगाउने बताउनु भएको छ । अध्यक्ष सेजुवालले समुदायलाई नभै नहुने शिक्षा सडक र विद्युत हो त्यसको व्यवस्थापन पचालझरनाले गरेको दावि गर्नु भयो ।

सडक उद्घाटनका क्रममा पचालझरना गाउँ पालिकाका राजनैतिक दलका नेताहरुको उपस्थितिमा उद्घाटन गरिएको सडकमा गाडी गुड्ने भएपछि स्थानिय वासि खुशि भएका छन । लोकतन्त्रको प्रत्याभुति सहितको स्थानिय सरकार संचालन भएपछि जनताको गाडी चढ्ने चाहाना पुरा भएको स्थानियले बताएका छन ।

उनिहरुले गाउँ पालिका अध्यक्ष सेजुवाल लगाएतका नेताहरुलाई फुमाला लगाइ स्वागत गरेका छन । पचालझरना गाउँ पालिकामा पछिल्लो समयमा विकास निर्माणले तिव्रता पाएकोमा स्थानिय सरकार प्रति जनताको आशा जागेको छ । अहिले पचालझरनामा
जारकोट भैसेसयन(वडा नं ८ ,वयलझरना, नानिकाट,नुवाघर,लैफु ,तोलिभिड,घाटचौर हुँदै फेरि जारकोट सम्म रिङ्ग रोड संचालनमा आएको हो । सडक उद्घाटनका क्रममा वडा नं ७ का स्थानिय वासिन्दा ले वाजागाजा सहित यात्रुवाहक तथा मालवहाक साधन सहित र्यालि गरियको पचालझरना गाउँ पालिकाका प्राविधिक कुशल शाहीले बताए ।

उक्त सडकको दुई साता अघि पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले अनुगमन गर्दै एक सातामा सडक शुरु हुने बताउनु भएको थियो । पचालझरना गाउँ पालिकाका वडा न. १ देखि ५ सम्म सडक विस्तारका साथै यातायातका साधन संचालन हुने तयारीमा छन ।

जस्का लागि जारकोटमा पक्कि पुल निर्माण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित