रास्कोटमा कसरी नामाकरण गरियो “आरसिपि”

7
SHARES
15
VIEWS

कालीकोट । हालको रास्कोट नगरपालिकाको केन्द्र रहेको साविकको स्युना गाविसको डाँडामाडु भनेर धार्मिक हिसावले स्थापित ठाउँ हो । जनयुद्धका समयमा ग्रामिण क्षेत्र माओवादी जनसत्ताको नियन्त्रण रहेको थियो ।

भाद्र महिना तिर धार्मिक मेलामा जिल्लाको सबै भन्दा बढि मात्रामा जमघट हुने क्षेत्रका रुपमा चिनिदै आएको डाँडामाडुलाई नेकपा(माओवादी) कालीकोटको जनसरकारले जिल्लाका विभिन्न ठाउँमा बजारीकरण गर्ने योजनाका साथ अभियान संचालन गरेको र सो समयमा डाँडामाडुलाई जनयुद्धका ४ जना शहिदहरुको नामबाट राखिएको तत्कालिन कालीकोट जिल्लाका जनसरकार प्रमुख कर्ण बहादुर भण्डारीले बताउनु भयो ।

जिल्लाका स्युनाको आरसिपि वजार,माल्कोट स्थित थाडीमाडु, मेहलमुडीको बेनिपाटा, राम्नाकोटको जारकोट लगाएतका ठाउँमा बजारीकरण गर्ने क्रममा अन्य ठाउँमा बजारीकरणको अबधारणा सफल नभएपनि आरसिपि बजारमा सफल भएको बताउदै २०५९ साल चैत्र महिनामा तत्कालिन जनसरकारको बैठक बसि जनयुद्धका शहिदहरुको नामबाट डांडामाडुलाई आरसिपि बजार बनाइएको बताउनु भएको छ । अहिले एक थरी रास्कोट सेन्टर पैन्ट(आरसिपि) भनेर भन्ने गरिएको छ ।
आरसिपिको नामाकरणको के हो वास्तविक्ता ?
आर: जनयुद्धका क्रममा शहिद भएका स्युना गाविसका अदलसिं फर्साल (राजेश)
सिः फुकोट गाविस निवासि शहिद चरित्रा न्यौपाने(बन्दना)
पिः सिपखाना गाविसका स्थायि वासिन्दा बडिमालिका मावि स्युनाका शिक्षक विश्वनाथ योगि(प्रतिक),फुकोटका पुष्प न्यौपाने(इन्द्रजित)को नामबाट आरसिपि वजार नामाकरण गरिएको हो ।
२०६४ साल पछि आरसिपि बजारमा बजारीकरण हुने वा नहुने भन्ने दोधारमा परेका स्थानियहरुले संघियता स्थापना पछि भने बजारीकरणको प्रक्रिया अघि बढेको छ । पछिल्लो समयमा आरसिपि बजारमा नगरपालिकाले स्मार्ट सिटी बनाउने योजना अघि बढाएको रास्कोट नगरपालिका प्रथम नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भयो । वहांका अनुसार रास्कोट नगरपालिकाका जनयुद्धका शहिदहरुको सम्झनामा शहिदहरुको सम्झनामा शहिद स्मृति भवन निर्माण गर्न लागिएको बताउदै जनयुद्धका क्रममा ज्यान गुमाएका शहिदहरुको फोटा, जिवनि र अन्य इतिहांस झल्कने विवरण राखिन भ शुरु भएको प्रथम नगरप्रमुख बरालको भनाई रहेको छ ।
अहिले रास्कोट नगरपालिकामा सडक,विद्युतको व्यवस्थापन भएको छ भने उर्वरा भुमिका रुपमा रहेको रास्कोट नगरपालिका सानो भुगोल भित्र विकास निर्माण देखि कृषिमा प्रचुर सम्भावनाका रुपमा रहेको छ ।

जिल्लाको राजनैतिक प्रभावले निर्णायक भुमिका खेल्दै आएको क्षेत्र समेत हो भने दुई जना नेताले मन्त्रि बनिसकेको र २ जना संसद समेत भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित