कालीकोट । २०५२ सालमा तत्कालिन नेकपा(माओवादी)ले थालनि गरेको नेपालि जनयुद्धमा समाज रहेको अन्याय अत्याचार र शोषण दमनका विरुद्ध राज्य सत्ता परिवर्तनका लागि थुप्रै युवाहरुको सहभागिता रहेको थियो ।
त्यहि भित्रका एक होनाहार क्रान्तिकारी यौद्धाका रुपमा चिनिएका विद्रोही स्वभावका पदम खड्का(संजय)को जन्म २०३६ साल भाद्र २५ गते बुवा धनसिंह खड्का र आमा लालकला खड्काको कोखबाट बदालकोट गाविसको वडा न. ५ सिकुमा भएको हो ।
गाउँमा प्राथमिक शिक्षा हासिंल गरेर जिल्ला सदरमुकाम मान्ममा रहेको पञ्चदेव मावि मान्ममा कक्षा ९ सम्म अध्ययन गरेका शहिद संजयको केशपुरा बोगटी संग बैबाहिक सम्बन्ध भएको थियो । वहाँका १ छोरी र २ छोरा रहेका छन ।
जनयुद्धको प्रभाव संगै गाउँमा बैधानिक तवरले थुप्रै काम गर्दै २०५८ सालमा पार्टी सदस्यता पाउनु भएका शहिद संजय पार्टीको योजना अनुसार सुदुरपश्चिम क्षेत्रको वर्ग संघर्ष उठानका लागि डोटी जिल्लामा एरिया सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
डोटीमा कार्यरत रहंदा २०६० साल साउन २९ गते निरौलि भन्ने ठाउँमा शाही सेनाको घेरबन्दिमा परि निर्ममता पूर्वक तरिकाले हत्या गरिएको थियो । दुश्मनको कव्जामा परेर आत्मसमर्पण गर हैन भने गोलि हानिदिन्छु भनेपछि बरु ज्यान दिन तयार छु तरमा आत्मसमर्पणका लागि परिवर्तनको क्रान्तिमा लागेको हैन भनेर प्रतिवाद गर्नु भएको थियो ।
साथमा रहेका एक जनालाई दुश्मनले नियन्त्रण्मा लिएर पछि छोडेको थियो । वहाँको हत्याले सिंगो बदालकोट गाविसको राजनैतिकमा ठुलो असर परेको छ ।
समाजका लागि केही न केही गर्न भरोशा योग्य व्यक्तिको हत्याले एउटा सफल अभिभावक गुमाएको महसुस हुन थालेको छ ।
Discussion about this post