मध्यवधि निर्वाचन : कालीकोटका सम्भावित उम्मेद्धार

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटन संगै प्रतिनिधि सभाको निर्वाचन तोकिएपछि एका तिर नेकपाको विभाजन देखिएको छ अर्काे तिर निर्वाचनले बजार पाएको छ । अहिले संविधानमा संसद विघटनको कुनै पनि धारमा उल्लेख नभएको र निर्वाचन हुन नसक्ने अड्कल वाजि संगै कानुनिय प्रक्रियाबाट के कस्ता हुन्छ त्यो भने हेर्न बांकी नै छ । निर्वाचनको यहि मौकामा नेपालि कांग्रेसले पनि मौकामा चौका हान्ने दाउमा लागेको छ । प्रतिनिधि सभाको निर्वाचनले स्थान पाइरहेको अवस्थामा कालीकोट जिल्लाबाट निम्नानुसारका संघिय सांसदका सम्भावित हुने सक्ने चर्चा चल्न थालेको छ । संघिय सरकारको निर्वाचन भएको खण्डमा कालीकोट जिल्लाबाट नेपालि कांग्रेसका तर्फ बाट सम्भावित उम्मेद्धारहरु रहेका छन ।
                                                                                                      नेपालि कांग्रेस
क) भुपेन्द्र जंग शाही : लगातार दुई वटा निर्वाचनमा नेपालि कांग्रेस कालीकोटबाट उम्मेद्धार बनेका भुपेन्द्र जंग शाहीले पहिलो पटक भन्दा दोस्रो पटक भारी मत ल्याएर झिनो मतको अन्तरमा पराजय भएका थिए । २०७४को निर्वाचनमा १६ हजार मत ल्याएर पराजय भएका युवा नेता भुपेन्द्र जंग शाहीको पछिल्लो समयमा लोकप्रियता बढेको छ । उनि एक पटक जितेर गएमा कालीकोटको विकासले गति पाउने आशा जनतामा परेको छ भने ग्रामिण क्षेत्रमा राजनैतिक भेटघाटमा तिव्रता दिदै आएका भुपेन्द्र जंग शाहीले कालीकोटमा नेपालि कांग्रेस भित्र देखि एकता बद्ध भएर जनतामा जाने हो भने प्रबल सम्भावनाका बलिया उम्मेद्धार मानिएका छन । आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपालि कांग्रेसबाट भुपेन्द्रजंग शाहीको सम्भावना रहेको विश्लेषण हुन थालेको छ ।
ख) हिक्मत विष्ट : नेपालि कांग्रेसका पुराना र कटिबद्ध नेताका रुपमा चिनिनुका साथै त्यागि नेताका रुपमा चिनिदै आएका २०६४ सालको संविधान सभा निर्वाचनका कालीकोट जिल्लाका प्रत्यासि उम्मेद्धार हिक्मत विष्टको सम्भावना पनि त्यतिकै बढेको छ । २०६४ साल देखि कुनै पनि उम्मेद्धारमा दावि नगरेका विष्ट यस पटकको निर्वाचनमा आकांक्षि देखिएका हुन । उनको पार्टीको जिम्मेवारी लिने चाहाना भएपनि महाधिवेशनको निश्चित नभएपछि आगामी २०७८ साल बैशाखमा हुने निर्वाचनका लागि वलिया उम्मेद्धारका दावेदार मानिएका हुन ।
ग)काली बहादुर सहकारी : नेपालि कांग्रेस कालीकोटका जिल्ला सभापति भइसकेका २०७४ सालको निर्वाचनमा प्रदेश सभाका लागि निर्वाचन क्षेत्र ख का प्रत्यासि उम्मेद्धार काली बहादुर सहकारीको सम्भावना पनि बढेको छ । पार्टी सभापति शेरबहादुर देउवाका विश्वापात्र समेत रहेका सहकारीको आगामी निर्वाचनमा सम्भावाना बढेको हो । यस अघि प्रदेश सभाका लागि उम्मेद्धार बनेका सहकारी यस पटकको निर्वाचनमा कालीकोटबाट प्रतिनिधि सभाका लागि बलिया उम्मेद्धारका रुपमा विश्लेषण हुन थालेको छ ।
नेपाल कम्यनिष्ट पार्टी(नेकपा) विभाजन भएको खण्डमा पहिलो अध्यक्ष केपि वलि पक्षधर र प्रचण्ड माधव नेपाल पक्षका तर्फबाट कालीकोटमा निम्नानुसारका सम्भावित उम्मेद्धार रहेका छन ।
नेकपा ओलि समुह ः
क) नगेन्द्र शाही :पूर्व नेकपा(एमाले) कालीकोटका अध्यक्ष समेत भइसकेका हालका नेकपा कालीकोटका जिल्ला सचिव नगेन्द्र शाही(नेश्नल)को सम्भावना निकै बढेको छ । ओलि पक्षधर जिल्ला स्तरका नेताको अभाव रहेको कालीकोटमा नगेन्द्र शाहीको सम्भावना बढेको हो । युवा नेताका रुपमा चिनिदै आएका नगेन्द्र शाहीको पछिल्लो समयमा जनस्तरमा स्थापित हुंदै आएका छन । कालीकोट जिल्लामा युवाको प्रतिनिधित्व गर्ने नेताका रुपमा रहेका शाहीको संघिय सांसदको सम्भावना बढेको विश्लेषण हुन थालेको छ । केपि शर्मा ओलिका विशेष पात्रका रुपमा चिनिदै आएका शाहीलाई ओलि समुहको तर्फबाट महाधिवेशन आयोजक समितिमा समेत सिफारिस गरिएको छ ।

                                                                                                                          प्रचण्ड/माधव समुह :
कालीकोटमा बहुमत ठानिएको यस समुहका तर्फबाट यस समुहमा संघिय संसदका लागि आकांक्षि मानिएका कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र शाही, प्रदेश सभा सदस्य(सांसद) कुर्मराज शाही र राष्ट्रिय सभा सदस्य जिवन बुढाले राजिनामा दिएर आउने अवस्था भएमा अन्य नेताहरुको सम्भावना न्युन भएपनि तत्काल प्रदेश सभाबाट मुख्यमन्त्रि महेन्द्र बहादुर शाही र कुर्मराज शाहीको संघिय निर्वाचनमा सहभागि हुने सम्भावना न्युन भएपनि राष्टिय सभाबाट जिवन बुढाले राजिनामा दिएर आउने सम्भावना बढ्ने देखिन्छ ।
क) दुर्ग बहादुर रावत : यस अघिको निर्वाचनमा कालीकोट जिल्लामबाट निर्वाचित संघिय सांसद ३ वर्ष कार्यकाल पुरा गरी सकेका जनप्रिय नेताका रुपमा चिनिदै आएका दुर्ग बहादुर रावतको सम्भावना पनि बढेको छ । पुरा कार्यकाल हुन नपाउदै संसद विघटन भएकाले बांकी कार्यकालको समेत रावत आकांक्षि देखिने सम्भावना बढेको छ ।

ख) तुलराज विष्ट : २०७०को संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भइसकेका पाका नेताका रुपमा स्थापित रहेका तुलराज विष्टको सम्भावना पनि त्यतिकै बढेको छ । उनलाई पछिल्लो समयमा संघिय सांसदका लागि प्रवल सम्भावनाका रुपमा ठानिएका छन । कालीकोट जिल्लामा कम्युनिष्ट नेताहरु मध्ये सबै भन्दा पुरा र पाका भर पर्दा नेताका रुपमा चिनिदै आएका छन । लामो समय पार्टी संचालनको जिम्मा लिएका विष्टको सम्भावना पनि बढेको छ ।
ग) धनजित शाही : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटका अध्यक्ष समेत रहेका धनजित शाही(आदर्श)को सम्भावना पनि बढेको छ । उनि संगैका सहकर्मि पार्टीको केन्द्रिय जिम्मेवारी सम्हाल्दै आएका भएपनि कालीकोट जिल्लाको पार्टीको नेतृत्व गरेका शाहीको संघिय सांसदका लागि कालीकोटबाट सम्भावना बढेको छ । राजनैतिकमा निरन्तर लागि रहेका शाही पार्टीको निर्देशनमा अडान कायम गर्ने तर ठोस कदम चाल्नमा कन्जुस्याइ मानिदै आएका शाहीको सम्भावना बढेको छ ।
                                                                                          नेमकिपा,राजमो र राप्रपा :
४.नेमकिपाका तर्फबाट
क)नन्द बहादुर शाही : यस अघिका निर्वाचनमा पटक पटक उम्मेद्धार भएका नन्द बहादुर शाहीले यस पटकको निर्वाचनमा उम्मेद्धार बन्ने सम्भावना बढेको छ भने अर्का नेता नवराज कोइराला यस अघि समानुपातिक सांसद समेत भइसकेकाले नन्द बहादुर शाही सम्भावित उम्मेद्धार रहेका छन ।
राजमो
ख) देवजंग शाही  :यस अघिका निर्वाचनमा नगर पालिका देखि जिल्ला स्तरका निर्वाचनमा समेत उम्मेद्धार भएका जेष्ठ नेताका रुपमा रहेका देवजंग शाहीको सम्भावना रहेको छ ।
राप्रपा
ग) धनबहादुर बुढा : कालीकोट जिल्लाबाट युवाको प्रतिनिधित्व गर्ने नेताका रुपमा हेरिएका धनबहादुर बुढाको आगामी निर्वाचनमा सम्भावना रहेको छ । उनि यस अघि भएका निर्वाचनमा पटक पटक पराजय भएपनि पार्टी एकता पछि उनि कालीकोट जिल्लाबाट संघिय सांसदको निर्वाचनमा सम्भावित उम्मेद्धारका रुपमा ठानिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित