कालीकोटमा एकिकृत भवनलाई कोरोना अस्पताल बनाइने

7
SHARES
15
VIEWS

कालीकोट/वैशाख, विश्वभर फैलिएको कोरोना भाइरसका कारण कालीकोटमा त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तहबाट व्यापक पहल चालिरहेको अवस्थामा प्रदेश सरकारले पनि चासो देखाएको छ ।  सोही क्रममा कालीकेट जिल्लामा थप सर्तकता अपनाउनका लागि कालीकोट आईपुगेको टोलिले जिल्लामा निर्माण भएको एकिकृत भवनलाई कोरोना अस्पतालको रुपमा प्रयोग हुने भएको छ । सहरी भवन डिभिजन कार्यालय जुम्लाबाट निर्माण भएका दुई ठुला भवनलाई तत्काल कोरोना असप्तालको रुपमा प्रयोग हुने भएको छ ।

आज कर्णालि प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीले स्थलगत रुपमा निरिक्षण तथा उद्घाटन गर्दै तत्कालका लागि कोरोना अस्पतालको रुपमा व्यवस्थापन गर्ने बताउनु भएको हो ।मुख्यमन्त्रि सहितको टोलि कोरोनाका अवस्थाका बारेमा कालीकोट जिल्ला आउने क्रममा सो भवनको प्रयोग गर्ने कुरा भएको जिल्ला अस्पताल कालीकोटका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटीले बताउनु भएको छ । वहांका अनुसार जिल्ला अस्पताल कालीकोटमा भवन निर्माणधिन अवस्थामा रहेकाले एकिकृत भवनमा ५० बेडको कोरोना अस्पतालको रुपमा सदुपयोग गर्ने तयारी भएको बताउनु भएको छ ।

त्यसै गरी जिल्लामा कारोनाका बारेमा बुझ विस्तार गर्न आएको टोलिमा मुख्यमन्त्रि महेन्द्र वहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल,प्रदेश सांसद कुर्मराज शाही,प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वास्थ्य निर्देशक रितुराज भण्डारी कालीकोट पुगेका हुन्। जिल्लाका स्थित सरकारी कार्यालयका प्रमुख, स्वस्थ्य संस्थाका प्रमुख र अन्य सरोकारवाल संग कोरोना भाईरसका अवस्था र यसलाई रोक्नका लागी के के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। जिल्लामा भइरहेको पहलका बारेमा जिल्ला स्वस्थ्य कार्यालय कालीकोट लगाएतका निकायले प्रतिवेदन पेश गरेको बताइएको छ ।

कालीकोटमा जिल्ला बाहिर रहेका नागरिकको उद्दारका क्रममा सात हजार बढि प्रवेश गरेकाले सबैको स्वस्थ्य जांचका लागि समुदायले माग गरेको बेला मुख्य मन्त्रि सहितको टोलि जिल्ला आउनुले स्थानिय नागरिकमा आशा पलाएको छ । पलांता ९का स्थानिय छत्र कार्कीले धमाधम गाउँ आएका समुदायको स्वस्थ्य जांच गर्नु पर्नेमा जोड दिदै गाउँ अहिले त्रसित हुन थालेको बताउनु भयो ।

मुख्यमन्त्रिको टोलिले भारतबाट आएका सबै नागरिक तथा स्थानिय तहमा आम रुपमा स्वस्थ्य जांच गर्ने समेत निर्देशन भएको जिल्ला स्वस्थ्य निमित्त प्रमुख कटक महतले बताउनु भएको छ ।वहांका अनुसार प्रदेश प्रमुख सचिव र स्वास्थ्य सेवा निर्देशकले जिल्ला अस्पतालको आईसोलेशन वार्डको अनुगमन समेत गर्दै व्यवस्थापनका लागि जोड दिनु भएको बताउनु भयो ।
कोराना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले साविकको कर्णाली अंचलका सबै जिल्लामा चिकित्सक टोली परिचालन गरेर सबै जिल्ला बासिको स्वस्थ्य परिक्षण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित