पांच वर्ष सम्म धरौटी रकम नपाएपछि विद्यालयमा तालाबन्दि

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न. १मा रहेको सरस्वति माविमा भवन निर्माण गरेको लामो समय सम्म धरौटी रकम नपाएको भन्दै निर्माण समितिले ताला बन्दि गरेको छ ।

२०७२ सालमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकम रु ३२ लाखमा निर्माण समितिले १० प्रतिशत जम्मा गनुर्स पर्ने विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार उक्त रकम जम्मा गरिएको निर्माण समितिका कोषाध्यक्ष प्रेम खड्काले बताए ।

पटक पटक विद्यालयमा लेखित निवेदन दिदा पनि कुनै सुनुवाई नभएको बताउदै बाध्य भएर विद्यालयको प्रशासन कक्षमा ताला बन्दि गरिएको बताए । उनले भने हामीले ३ लाख २० हजार रकम विद्यालयको खातामा जम्मा गरेर भवन निर्माण सम्पन्न भएपछि निर्माण समितिलाई दिने भनेको हो अहिले सम्म वेवास्ता भएपछि ताला लगाइएको बताए । उक्त विद्यालयमा तत्कालिन प्रधानध्यापक विरेन्द्र कठायत र लेखापाल तपेन्द्र कठायतले रकम हिना मिना गरेको र आन्तरिक लेखापरिक्षण गर्दा तत्कालिन प्रधानध्यापक विरेन्द्र कठायतलाई ८ लाख बेरुजु आएको थियो ।

अहिले सम्म त्यस बेरुजुका बारेमा कुनै सुनुवाई नभएको र हालका प्रधानध्यापक शंकर न्यौपानेलाई हिसाव किताव समेत बरबुझारत हुन नसकेको बताइएको छ ।
विद्यालयमा तालाबन्दिका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बर्म ऐडीले तत्कालिन विद्यालयका प्रधानध्यापक विरेन्द्र कठायतले कहां लगानि गरेका हुन आधिकारीक जानकारी नभएकाले त्यसका बारेमा छलफल गर्न निर्माण समितिलाई अनुरोध गरेको तर निर्माण समितिले उल्टै व्यवस्थापन समिति अध्यक्षलाई चेतावनि दिएको बताए ।

आफुले सार्वजनिक क्षेत्रमा तालाबन्दि गर्नु भन्दा पहिलो कुरा छलफल हो त्यसका लागि दु इ चार दिन भित्र पहल गर्ने बताएको तर आजको आजै रकम पाउनु पर्छ भन्दा तुरुन्तै रकम दिन नसकिने भन्दा तालाबन्दि गरेको बताए । पचालझरना शिक्षा शाखा प्रमुख नमराज शाहीले तालाबन्दिका बारेमा आधिकारीक जानकारी नभएको बताए ।

आपसि छलफलका आधारमा समस्याको समाधान गर्नु पर्नेमा एक्कासि विद्यालयमा तालाबन्दि गर्नु राम्रो नभएको स्थानियले बताएका छन । आफुले रकम नपाउने वित्तिकै विद्यार्थिहरुको शिक्षा आर्जन नर्ग पाउने अधिकारबाट बञ्चित गर्न नहुनेमा अभिभावकहरुको भनाई रहेको छ । अभिभावकहरुले निर्माण समितिको रकम भुक्तानि गरेर विद्यालय संचालन गर्नु पर्नेमा जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित