वडाध्यक्षको हत्यामा संलग्नलाई जन्मकैद

7
SHARES
15
VIEWS

अछाम  । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए ।

मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरुका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित