पलाँता घटना कसरी भएको थियो रहस्य खुल्दै

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख, गएको शनिवार भएको पलांता घटना घाईते अध्यक्ष लक्ष्मण बमको पत्नि गोरिकला बमको टाउकोमा अध्यक्ष लक्ष्मण बमका साथमा रहेका रकम बुढाले वडा न. १का वडा अध्यक्ष मान बहादुर भण्डारीलाई हान्न खोज्दा उनलाई लागेको बताइएको छ । मान बहादुर भण्डारीका अनुसार जनतालाई चुनावको समयमा खेलेको भुमिकाका बारेमा आफुले सहयोग गरेको तर अहिले गाउँ पालिका अध्यक्ष लक्ष्मण बम निरंकुश भएको स्थानियको मलाई आरोप छ आज जनताको विचमा छलफल गर्नु पर्छ भन्ने कुराको बारेमा बताउदै गर्दा वादविादले ठुलो रुप लिएको हो ।

त्यसका साथै सडक निर्माणमा समुदायको पहुंच हुने गरी लिनु पर्ने,१५ सैयाको अस्पताल थिर्पु (आफ्नै गाउ)मा बन्नु,गाउँ पालिकाको केन्द्र रहेको लोडेमा भौतिक पूर्वाधारका लागि बजेट नछुट्याउनु,रेडियो आफ्नै गाउँमा संचालन गर्नु,शहिद आवासिय विद्यालय संचालन नगरी विद्यार्थिका लागि पोशाकको रकम भुक्तानि हुनु लगाएतका कुरा स्थानियले उठाएपछि गाउँ पालिका अध्यक्ष लक्ष्मण बमलाई सनक चढेको प्रत्यक्ष दर्शिको भनाई रहेको छ ।

अध्यक्ष बमले सडकको काम विच गाउँबाट हुन सक्दैन पालिकाको बैठक छ भनेर फर्किन खौज्दा छलफल गर्नु पर्छ भनेर वडा अध्यक्ष मान बहादुर भण्डारीले भनेर रोक्न खोज्दा बमले लात्ति हानेको र त्यस पछि भण्डारीले प्रतिकार गर्ने क्रममा बमको पत्नि गोरिकलाले दाउराले मान बहादुर भण्डारीको हातमा हानेको बताइएको छ । अध्यक्ष बम संग गएका रकम बुढाले मान बहादुर भण्डारीलाई हान्न खोज्दा भण्डारीले टाउको साइडमा गरे पछि उक्त ढुंगा गोरिकला बमको टाउकोमा लागेको मान बहादुरभण्डारी को भनाई रहेको छ ।
त्यस पछिको विवादले रुप ठुलो लिएपछि मानबहादुर भण्डारी,विष्णु रोकाया, धन बहादुर भण्डारीलाई अध्यक्ष लक्ष्मण बम संग गएका कार्यदलहरुले कुटपिट गरेको बताएका छन । प्रत्यक्षदर्शिका अनुसार लखेटाइमा परेका मान बहादुर भण्डारी लुकेका घरमा गएर अध्यक्ष बमले मारिदिन्छु खसिया बाहिर निस्क भन्दै युवालाई परिचालन गरेको समेत बताए । त्यस पछि ठुलो रुप लिएपछि मान बहादुर भण्डारी र विष्णु रोकायको गाउँ बाट आएका स्थानिय महिला तथा पुरुषहरुले भष्टचारी अध्यक्ष लक्ष्मण बम मुर्दावाद, मनपरिगर्न पाईदैन भन्ने लगाएतका नारा लगाई घेरा हाले पछि आफु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेको उनको भनाइ रहेको छ ।

शुरुवातमा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले आफ्नो डोजर लिएर सडक निर्माणको काम गर्ने गरी गएको र समुदायका विचमा छलफल गरेर अगाडी बढाउने योजनामा रहेका बमले तिन वटा गाउँको शिर बाट सडक खन्ने योजना सुनाएको अवस्थामा विरोध जनाए पछि विवाद चर्किदा झडपमा परिणत भएको बताइएको छ । आफुले गल्ति गर्ने र झुटको खेति गर्नु भनेको अध्यक्ष लक्ष्मण बमको लागि समेत घातक भएको बताए ।
समुदायले गाउँको माथिबाट सडक खन्दा गाउँलाई असर पर्ने भने पछि पहिलेको विश्व खाद्यले आधा बाटो खनेको ठाउँबाट सुझाव दिएपछि उक्त बाटो इन्द्रले बनाउछ आफु बनाउन नसक्ने समेत भनेको स्थानियको भनाई रहेको छ ।

झडपमा परिणत हुन गएपनि पुराना रिसविका कारण घटना ठुलो भएकोले संयम्ता अपनाउनु पर्नेमा दुबै पक्षको समस्या रहेको बताइएको छ ।

अहिले मरणासन्न हुने गरी कुटिएका धनबहादुर भण्डारीको अवस्था नाजुक रहेको बताइएको छ स्थानियका अनुसार जुन व्यक्तिलाई मर्ने गरी कुटिए उनिहरुको उपचार छैन आफ्नै सहकर्मिबाट कुटिएका हरुलाई सरकारले हेलिकप्टरबाट उपचार गरेकोमा आश्चय प्रकट गरेका छन । सोही क्रममा लक्ष्मण बम पक्षका युवाहरुले समेत लक्ष्मण बम हाई हाई अरु सबै बाइ बाइ भन्ने नारा समेत लगाएका थिए ।

न्यायको माग गर्दै अध्यक्ष लक्ष्मण बमका दाई लंक बमले ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धा दायर गरेको तर प्रहरीले लिन नमानेको बताइएको छ लंक बमले मुद्धा दर्ता नभएमा जिल्ला प्रहरी कार्यालयमा बास बस्ने समेत अडानमा रहेको बताए । भाई लक्ष्मण बम संग मुख्य मन्त्रिको बसाई पछि पुन मुद्धा दर्ताका लागि दवाव दिने समेत लंक बमले बताएका छन । यता विष्णु रोकाया पक्षको पनि मुद्धा दायर भएको बताइएको छ ।

प्रक्रिया अनुसार मुद्धा दर्ता हुनेमा दुइ मत नभएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी कालीकोटलाई ज्ञापन पत्र बुझाउदै दोषिलाई कार्वाही गर्न माग गरिएको छ ।गाउँ पालिका अध्यक्ष लक्ष्मण बमका दाइ लंक बम,पूर्णसिंह बम लगाएतका हरुले गरेको हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी पलांता गाउँ कमिट अध्यक्ष विष्णु रोकाया,वडा न. १का वडा अध्यक्ष मान बहादुर भण्डारीलाई कार्वाहीको माग गरिएको हो । उक्त माग पत्रमा विष्णु रोकायालाई सुपथ मुल्य पसलको रकम हिनामिना गरेको र वडा अध्यक्ष मानबहादुर भण्डारीले विद्यालयको खाजा,शिक्षकको तलब लगाएतको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

दोषिको आरोप लगाइएको विष्णु रोकायालाई र मान बहादुर भणडरीलाई कार्वाही नभए जे पनि हुन सक्ने बताइएको छ भने उता विष्णु रोकाया पक्षले पत्रकार सम्मलेन गर्दै पलांता गाउँ पालिकामा भएका विभिन्नय विकास निर्माणका कामकार्वाही र सडक निर्मँणमा अध्यक्ष लक्ष्मण बमले आफुले निजि तिन वटा डोजर उदारोमा काम गर्न शुरु गरेको विषयमा अनियमित भएको बताएका छन । विष्णु रोकायाले पलांता गउापािलका बाट लिएको सात लाख ५० हजार रकम तिन वटा स्थानमा सुपथ मुल्य पसल संचालनमा ल्याएको बताउदै कुनै पनि रकम अनियमित नभएको जिकिर गरेका छन भने वडा अध्यक्ष मान बहादुर भण्डारीले आफुले विद्यालयको रकममा कुनै पनि हिनामिना नभएको दावि गर्दै यदि अनियमितता भएमा १० गुणा बढि रकम तिर्ने बताउनु भएको छ ।

आफु विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष भएको तर अभिभावक संघको अध्यक्ष छत्र कार्की रहेको बताउनु भएको छ । उता अभिभावक संघका अध्यक्ष छत्र कार्कीले आफु लेखासमितिको संयोजक भएको तर हाल सम्म मान बहादुर भण्डारीले कुनै पनि रकम हिनामिना नभएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित