काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यही पौष १७ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
नयाँ मन्त्री नियुक्तिपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकको सिफारिस गरेको हो । प्रतिनिधि सभाको विघटन भएको सन्दर्भमा सरकारले राष्ट्रिय सभाको बैठकको सिफारिस गरेको हो ।
यसअघि मन्त्रपरिषद्कै सिफारिसमा गत असार १८ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।
Discussion about this post