बरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

7
SHARES
15
VIEWS

काठमाडौं  । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको मृत्यु भएको छ ।

नशासम्बन्धी समस्याले ग्रस्त रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । टाउकोमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्ने तयारी रहेको थियो । ५६ वर्षीय रिमाल नेपालका उत्कृष्ट प्रशिक्षकमध्यका एक हुन् ।

विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोलीको समेत प्रशिक्षक रहेका रिमाल पछिल्लो समय सानका निर्देशकका रुपमा कार्यरत थिए ।

खेलाडी हुँदा औसतभन्दा माथि उठ्न नसकेका रिमाल प्रशिक्षकको रुपमा भने निकै सफल रहेका थिए । उनले नेपालबाट एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्रै खेलेका थिए । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकुदमा वीरगन्जका स्पाइकर रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

तर, त्यही प्रतियोगिता नै रिमालको पहिलो र अन्तिम प्रतियोगिता बन्यो ।

त्यसपछि उनी कोचिङ करियरमा लागेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट एनआइस कोर्स गरेका थिए । कोर्समा उत्कृष्ट भएपछि उनले २०४५ मा डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाने अवर पाएका थिए ।

त्यसपछि पाकिस्तानमा लेभल वानर बंगलादेशमा लेभल टु कोर्स गरेपछि उनको प्रशिक्षण यात्राले गति लिएको थियो ।

रिमालले २०४७ मा नेपाली सेनाको केबलजंग गणबाट प्रशिक्षण करिअर सुरु गरे । त्यसमा सफलता प्राप्त गर्दै उनले त्रिभुवन आर्मी क्लबकै मुख्य प्रशिक्षक बनेका थिए । ५ वर्ष आर्मी क्लबको प्रशिक्षक बनेपछि उनी अर्को विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफको समेत प्रशिक्षक बने ।

नेपाल पुलिसले भलिबलमा एकछत्र राज गर्दा उनकै कार्यकालमा पुलिसले महिला टोली समेत बनाएको थियो ।

नेपालको महिला टोलीले काठमाडौंमा समपन्न आठौं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य जित्यो । जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक थियो । श्रीलंकामा सम्पन्न १०औं सागमा महिला टोलीले कास्य जित्दा उनी टोलीका सहायक प्रशिक्षक थिए । उनले शान्ति गुरुङको सहायक बनेर काम गरेका थिए ।

२०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनसिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएको थियो । आफ्नो जिम्मेवारीमा उनले टोलीलाई ऐतिहासिक रजतपदक जिताएका थिए ।

उनी १२औं सागमा महिला टोलीले कास्य जित्दा टोलीका प्रशिक्षक थिए । उनले नेपाली पुरुष राष्ट्रिय टोली र बिच भलिबल टोलीलाई प्रशिक्षण दिइसकेका छन् । उनकै प्रशिक्षणमा महिला बिच भलिबल टोलीले १३औं सागमा कास्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित