कालीकोट । प्रधानमन्त्रि केपि ओलिलले संसद विघटन गरे संगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटको बैठक शुरु भएको छ ।
प्रचण्ड माधव नेपाल पक्षिय नेकपाको भेला तथा बैठक शुरु भएको छ । भेलामा कालीकोटका प्रचण्ड माधव नेपाल पक्षहरुका कार्यक्रताहरुको उपस्थिति रहेको छ । जिल्ला सचिव नगेन्द्र शाही नेश्नल ओलि पक्षमा गएपछि जिल्ला अध्यक्ष सहितको बहुमत संख्या प्रचण्ड माधव पक्षमा रहेको बताइएको छ ।
भेलामा कर्नालि प्रदेश सभा सदस्य तथा सचेतक कुर्मराज शाही लगाएतका नेताहरुको उपस्थिति रहेको छ । भेलाले जिल्लाका समसामयिक गतिविधिको जानकारी लिने र नेताहरुको कार्यविभाजन हुने बताइएको छ ।
नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीका अनुसार पौष १४ गते हुने जनसभामा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थिति रहने बताउनु भएको छ ।
Discussion about this post