नेकपा कालीकोट : जिल्ला सचिव नगेन्द्र शाही र कार्यालय सचिव दान बहादुर शाहीलाई निष्काशन

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला भेला तथा बैठकले पार्टी विधि निति तथा असंबैधानिक कदमका विरुद्ध लागेर गलत क्रियाकलाप गरेको भन्दै पार्टी बाट नेकपा कालीकोटका सचिव नगेन्द्र शाही(नेश्नल) र कार्यालय सचिव दान बहादुर शाहीलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टी कार्यालयमा भएका सरसमान नियन्त्रण लिदै कार्यालयको ताला हटाई आफैले ताला लगाएका पार्टी सचिव ओलि समुहका महाधिबेशन आयोजक समितिका सदस्य समेत मनोनित भएका छन ।

प्रधानमन्त्रि ओलिले संसलद विघटन गरेपछि असंबैधानिक कदमको सहयोग गर्दै पार्टी निति विपरित गएको भन्दै कार्वाही गरिएको र गल्ति स्विकार गर्दै फर्किएमा उचित स्थान दिने गरी कार्वाही गरिएको नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीले जानकारी दिनु भएको छ ।

कालीकोटमा आइतबार भएको भेला तथा बैठकमा हाल कायम रहेको १४९ सदस्य जिल्ला कमिटिमा १२५ जना आफुहरुको पक्षमा रहेको प्रचण्ड माधव नेपाल समुहको दावि रहेको छ । नेकपा कालीकोटको भेला तथा बैठकमा आगामी १४ गते हुने जिल्ला स्तरको प्रदर्शनमा व्यापक जनसहभागिता सहितको उपस्थित गराउने गरी बैठक समापन भएको बताइएको छ ।

रिक्त रहेको जिल्ला पार्टी सचिवमा तत्काल व्यवस्थापन गरिने नेकपा कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित