कालीकोट । नेकपा विभाजनको संघारमा आएको अवस्थामा कालीकोटका कम्युनिष्ट दलित नेताहरुको बेग्लै बैठक बसेको छ ।
नेकपा कालीकोट आवद्ध दलित नेताहरु कर्नालि प्रदेश सदस्य विष्णु विकको उपस्थितिमा छलफल भएको नेकपा तिलागुफा नगरकमिट अध्यक्ष दिनेश चदांराले बताउनु भएको छ । वहाँका अनुसार अहिलेको बदलिदो परिस्थितिमा दलितहरु एक ढिक्का भएर लाग्ने विषयमा छलफल भएको बताउनु भएको छ ।
कालीकोट जिल्लामा ६० प्रतिशत दलितको बाहुल्यता रहेकोले विगतको जस्तो नभई आगामी दिनमा दृढताका साथ जोड दिएको बताइएको छ ।
अनौपचारिक बैठकमा सहभागि विभिन्न स्थानिय तहका नेताहरुले जिल्लाको पछिल्लो अवस्थाका बारेमा आ आप्ना भनाइ राखेको र कर्नालि प्रदेश सदस्य विष्णु विकले पार्टी एकता कायम राख्न र असंबैधानिक कदमका विरुद्ध दलित नेता ताथ कार्यक्रताहरुले लाग्नु पर्नेमा जोड दिदै पार्टीमा एक भएर अघि बढ्न अनुरोेध गर्नु भएको बताइएको छ ।
Discussion about this post