यस कारणले प्रचण्ड एक अभागी नेता हुन्

7
SHARES
15
VIEWS

नेकपा(माओवादी)ले थालेको जनयुद्धमा लामो समय भुमिगत राजनैतिक जिवन र शान्ति प्रक्रिया पछिको अवस्थामा दुई पटक प्रधानमन्त्रि समेत भइसकेका पुष्पकमल दाहाल प्रचण्ड एक कुशल नेता भित्रका विशिष्ट व्यक्ति हुन । उनको राजनैतिक जिवनमा जनयुद्धमा गरेका बाचा बन्धनहरु अहिले क्रमस लागु हुंदै आएका छन ।

यदि जनयुद्ध नभएको भए निम्नानुसारका काम हुने भन्दा पनि अहिलेका केपि ओलि,शेरबहादुर देउवाहरु राजाको टांगमुनि रहिरहने अवस्था आउने विश्लेषकहरुले बताएका छन ।प्रचण्ड किन अभागि नेता भएत ?

(१)देश र जनताको लागि राम्रै काम गर्ने अपेक्षा राखेर सेटिङ मिलाइ मिलाइ फकाइ फुलाइ धेरैलाई प्रधानमन्त्री मन्त्री बनाइदिए तर गुन कसैले देखेन उल्टै दुश्मनि साधे।

(२)गरीब सर्बहरा सिमङ्कृत पिछडा बर्ग जाती ,लिङ्ग , क्षेत्रको हकअधिकार सु निश्चितिता जस्ता सामाजिक न्याय र छिटोछरितो बिकास समृद्धिको उदेश्य योजना सहित बिद्रोहको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बिशेष भुमिका खेले तर त्यही समुदाय बर्गले बाकी लक्ष्य पुरा गर्न साथ दिन छाडेर यथास्थितिबादीहरुलाइ भोट दिदै गाली बर्षउछन

(३)।प्रचण्ड बाबुरामको अल्पकालीन प्रधानमन्त्रीकालमा तिर्न नसकेर जग्गा लिलाम हुन लागेका गरीब किसानलाइ३०,००० सम्मको ऋण मिनह त्यो भन्दा बढी ऋण भएकालाइ५०% छूट दिएर लालपुर्जा गरीब किसानलाई फिर्ता गरेको गुन बिर्से जनताले।

(४) करिब ८%सम्मको आर्थिक वृद्धिदरदेखि भौतिक पुर्बधार बिकासलाइ महत्त्वका साथ अगाडि बढाएको बिर्से।

(५)लोडसेडिङ अन्त्यदेखि जलविद्युतमा जनताको शेर लगानी। नेपालको पानी जनताको लगानी सुबिधालाई बिर्से।

(६) हिन्दु राष्ट्र बनाउन भारतको विभिन्न अफरदेखि धम्की बेवास्ता गर्दै समतामूलक समाज निर्माणको लागि समानुपातिक समाबेशिता र धर्म निरपेक्षता संविधानमै सस्थागत गराए तर आदिबासी जनजाति दलित मधेसी मुस्लिम लगायत सिमङ्कृत बर्ग समुदाय एक भएर साथ दिनुको सट्टा केही उल्टै उनको विरुद्धमा लागिपरे गाली बर्षाउदैछन।

(७) एकदमै न्यून तलब सुबिधामा काम गरिरहेका सरकारि कर्मचारीहरुको तलब लगभग१००% बढाइदिएर श्रमको उचित मुल्य दिनुपर्ने कुरालाइ सुरुवात गरिदिएकाले अहिले यत्तिको तलब भत्त खान पाएको कुरा सारा कर्मचारीले बिर्से।उल्टै गाली गर्छन् ।

(८) संविधानमै राज्याको हरेक अंगमा ३३% महिलाको सहभागिता सुनिश्चित गराए तर केही महिलाहरु फरिया उचाली उचाली अनर्गल आरोप लगाउदै तथनाम गाली गर्न पछि पर्दैन।

(९) जनता सामु प्रतिबद्धता गरेका बाचाहरु इमानदारसाथ पुरा गर्न सरकारले गति बढाउन अग्रह गर्दागर्दै पनि सरकार कमिसनखोर माफिया दलालहरुको संरक्षण बाहेक खासै काम गर्न नसकेकाले नेकपाप्रती बढेको जनताको असन्तुष्टि सम्बोधन गर्न सक्रिय हुँदा खेदो खन्दै छन् ।

प्रचण्डले पद र पैसा कै लागि राजनीति गरेको भए संविधान जारी गर्नेताका अर्बौ भारु र डलर जम्म गर्न सक्थे।राष्ट्रको ढुकुटीबाट होइन बाहिर बाहिरबाटै खातामा बण्डलहरु जम्म हुन्थे ।यतिखेर ओलिको अपमान होइन काङ्ग्रेस समर्थनको प्रधानमन्त्री बनेर देश हाक्दै हुन्थे।भाडाको डेरामा होइन २/३ वटा बङ्लाको मालिक हुन्थे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित