श्रम बजारलाई व्यवस्थित बनाउने परियोजना सुर्खेतबाट शुरू

7
SHARES
15
VIEWS

सुर्खेत। नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन सुर्खेतबाट शुरू भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौतापत्रमा हस्ताक्षर भएअनुसारको प्रदेश स्तरीय कार्यक्रमको थालनी सुर्खेतबाट भएको हो ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले कार्यक्रमको उद्घाटन गरे । सभामुख शाहीले विकासका कार्यलाई आधुनिकता दिनका लागि दक्ष कामदार उत्पादन गर्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । निजी क्षेत्र सरकारको विरोधी होइन भन्दै शाहीले आपसी सहकार्यमा समृद्घ नेपाल निर्माण गर्न सकिने बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कमानबहादुर खड्काले श्रम बजारलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्न र निजी क्षेत्रलाई दक्ष कामदार उत्पादनमा सरकारले सहयोग गरेमा थप प्रभावकारी नतिजा आउने विश्वास व्यक्त गरे ।

त्यसैगरी होटेल संघ नेपालका केन्द्रीय सदस्य जनक सिंह ठकुरीले विदेशीने युवालाई रोकेर सीपयुक्त बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले यस्ता कार्यक्रम निजी क्षेत्रका लागि महत्वपूर्ण र उपलब्धीमुलक भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

श्रम बजारका सूचनाहरुलाई व्यवस्थित बनाउनु परियोजनाको प्रमुख उद्देश्य रहेको छ । परियोजनाको प्रमुख कार्यहरु व्यावसायिक वर्गीकरण स्तरको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने लगायतका रहेको महासंघका वरिष्ठ उपाध्यक्ष एवं इएलएमएस प्रोजेक्ट कोअडिनेसन कमिटी सदस्य निकोलस पाण्डेले जानकारी दिए ।

प्रदेश स्तरीय अर्को कार्यक्रम सोमबार सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित