कालीकोटमा केपि समुहको अगुवा कार्यक्रता भेला शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद चर्किदै गएपछि विभाजनको संघारमा पुगेको अवस्थामा प्रचण्ड माधव समुहले संघर्षका कार्यक्रम  गरेपछि केपि ओलि समुहको कालीकोटका अनगुवा कार्यक्रता भेला होटल कोटदरवारमा शुरु भएको छ ।

जिल्ला भर अल्पमतमा परेको केपि ओलि समुहको अगुवा कार्यक्रताहरुमा भने उत्साह भने रहेको छैन । अगुवा कार्यक्रता भेलामा यस अघि केन्द्रिय समिति बैठकमा केपि ओलिले पेश गरेको प्रस्तावित प्रतिवेदन वितरण गरिएको छ । १ सय ४९ सदस्य जिल्ला कमिटिमा ३१ जना मात्र ओलि पक्षमा उभिएपछि कालीकोट जिल्लामा प्रचण्ड माधव समुह बहुमतमा रहेको दावि गरिएको छ ।

कालीकोटमा पूर्व एमालेको ठुलो हिस्सा प्रचण्ड माधव समुहमा आएको छ भने पूर्व माओवादीका तर्फबाट कालीकोटमा कुनै पनि कार्यक्रता केपि समुहमा लागेका छैनन ।

कालीकोट जिल्लामा पार्टी कार्यालयको बारेमा विवाद चर्किएको छ । पार्टी कार्यालयमा ओलि पक्षले यस अघि कम्प्युटर,बैठकको माइन्युट नियन्त्रण लिएपछि प्रचण्ड माधव समुहले कार्यालय नियन्त्रण लिएका छन ।कार्यालयमा रहेको विद्या भण्डारी र केपि ओलिको फोटा हटाएपछि विवाद चर्किएको छ । अहिले पार्टी कार्यालयमा घरमुलिले ताला लगाएकी छन । भेलामा जिल्ला पार्टी सचिव तथा केन्द्रिय सदस्य नगेन्द्र शाही,धिरबहादुर बम,राष्टिय सभा सदस्य नरपति सुनार लगाएतका नेताहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित