कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटन संगै चर्किएको प्रचण्ड माधव समुहको कर्नालि प्रदेशमा भने निकै प्रभाव रहेको पाइएको छ ।
जस अन्तरगत केन्द्रिय संघर्षका कार्यक्रम अन्तरगत मंगलबार भएको प्रदर्शनमा कर्नालि प्रदेशका विभिन्न जिल्लामा अत्याधिक समुदायको उपस्थितिमा भव्य प्रदर्शन सहितको शक्ति प्रदर्शन भएको छ ।
कर्नालिका १० वटा जिल्लामा भएको कार्यक्रममा नेताहरुले सम्बोधन गर्दै केपि शर्मा ओलि कम्युनिष्ट नभएको आरोप लगाउदै असंबैधानिक कदमको विरोध जनाएका छन ।
मंगलबार भएको विशाल प्रदर्शनमा कर्नालि प्रदेश राजधानि सुर्खेत पछिको कालीकोटमा भव्य सहभागिता रहेको देखिएको छ ।जनप्रदर्शन कार्यक्रममा कालीकोट जिल्लामा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।
प्रचण्ड माधव समुहले जिल्लाका ग्रामिण वस्तिमा संघर्षलाई लैजाने भएको छ । केन्द्रिय संघर्षका कार्यक्रमहरुमा टोल वडा स्तरमा भेला तथा बैठक गर्ने निति अनुसार संघर्ष तिव्र पार्ने भएको छ ।
Discussion about this post