कपिलवस्तुमा नर्स र विरगंजमा पत्रकार कोरोना संक्रमित

7
SHARES
15
VIEWS

काठमाडौं/बैशाख,कपिलवस्तुमा नर्स र विरगंजमा दुइृ पत्रकारमा कोरोना भाईरस संक्रमित भेटएका छन ।कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। त्यसै गरी वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमित मध्ये दुई जना पत्रकार रहेको खुलेको छ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित