नेकपामा पदको लागि नभई ओलिले निति विधि नमान्दा विभाजन भएको हो –मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाका केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले अहिलेका पार्टी विभाजन हुनुमा पद पतिष्ठा र व्यक्तिगत स्वार्थ भन्दा पनि केपि ओलिले निति विधि नमान्दाको दुर्घटना भएको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्रि शाहीले अहिले केपि शर्मा ओलिले पार्टीको निति विधिमा चल्न भने पछि नमान्दाको अवस्थामा व्यक्तिगत स्वार्थका लागि देश दुर्घटनामा पुगाएको बताउनु भएको हो । वहाँले अगाडी भन्नु भयो प्रधानमन्त्रिको पद गुम्छ र आफु सरकारबाट बाहिरिने अवस्था आउदा पानि विनाको माछा झै हुनु पर्ने भएपछि संसद विघटन गरेको ओरोप लगाउनु भएको छ ।

अब केपि ओलिले वास्तविक कम्युनिष्ट हुन भन्ने प्रमाण जनतालाई दिनु पर्ने र आफुले गरेको गल्ति सच्याउदै मापि मागे पछि पार्टी एक भएर जाने ठोकुवा गर्नु भएको छ । पार्टी विभाजन गर्ने प्रचण्ड माधवको योजना भएको भए यस भन्दा पहिलेको बैठकहरुमा कार्वांही गर्ने अवस्था आउने थियो कही कतै प्रधानमन्त्रि ओलिलाई कार्वाही भन्दा पनि एकल पाराले सत्ता चलाएकाले सचिनु पर्नेमा आलोचना मात्र भएको हो तर पार्टी र देशलाइ बचाउनका लागि प्रधानमन्त्रिको पद छोड्नु पर्नेमा उल्टै देश बर्वाद तर्फ लिनु भएकाले यस्थतो अवस्था आएको बताउनु भएको छ ।

उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिदै कर्नालि प्रदेश सरकार र स्थानिय सरकारले के के काम गरेको छ तपाईहरु नै साक्षि रहेकाले राम्रा कामको प्रशंसा गर्नु र नराम्रा कामको सुधारका लागि रचनात्मक सुझाव तथा सल्लाह दिन अनुरोध गर्नु भएको छ ।

यस अघि नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको आन्दोलनका क्रममा मुख्यमन्त्रि शाहीले केपि ओलि कम्युनिष्ट नभएको आरोप लगाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित