पलांता घटना छानविन समिति गठन

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,जिल्लाको पलांता गाउँ पालिकामा भएको झडपका बारेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कालीकोटले १५ दिन भित्र घटनाको सत्यतथ्य छानविन सहित प्रतिवेदन ल्याउने गरी जिल्ला सचिवालाय सदस्य खडगराज सेजुवालको संयोजकत्वमा तिन सदस्य छानविन समिति गठन भएको छ ।

मंगलवार नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)कालीकोटले विज्ञप्ति निकाल्दै १५ दिन भित्र अवस्था बुझ्ने र प्रतिवेदन आइसके पछि उचित निर्णय लिने बताइएको छ । सो अवधि सम्म पलांता गाउँ कमिटी अध्यक्ष विष्णु रोकाया र जिल्ला सदस्य मान बहादुर भण्डारीलाई निलम्बन गर्ने समेत उल्लेख छ । साथै उक्त घटनामा घाईते गोरिकला बम,विष्णु रोकाया,मान बहादुर भण्डारी,धन बहादुर भण्डारीको स्वस्थ्य लाभको कामना गरिएको छ ।

यता पिडित पक्ष भनिएका पालिका अध्यक्ष लक्ष्मण बमका दाई लंक बमले भने विज्ञप्तिले नहुने भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटलाई अपराधि बचाउने विज्ञप्ति निकोलेको भन्दै स्विकार्य नहुने उक्त पार्टी भित्र अपराधि गिरोह भएको आरोप लगाएका छन ।उनले अब जे पनि हुन सक्ने चेतावनि दिएका छन ।

दुबै पक्षले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्धा दायर गरेका छन ।उक्त घटनालाई राजनैतिक संग जोडिएकाले छानविन नहुंदा सम्म मुद्धा दर्ता नहुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित