कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिको असंबैधानिक कदमको विरुद्ध युवा संघ र अनेरास्ववियु कालीकोटले खांडाचक्र नगरपालिकाको प्रतिमाचोकमा क्रिया पुल्तो खुवाउदै केपि ओलि स्वाहा,असंबैधानिक कदम स्वाहा,बाइडबढि भष्टाचार स्वाहा,संसदिय खरिद प्रकरण स्वाहा,मेडिकल उपकरण केपिलाई हस्तान्तरण स्वाहा लगाएतका बेद मन्त्रण गर्दै विरोध जनाएका छन ।
विद्यार्थि नेता मनसिंह शाहीले विरोधलाई निरन्तर जारी राख्दै जाने बताउनु भएको छ ।
नेकपा प्रचण्ड माधव समुहले यस अघि १४ गते विरोध प्रर्दशन सहित अन्य संघर्षका कार्यक्रमहरु अन्तरगत युवा विद्यार्थिहरुले मसाल जुलुस,बाइक र्यालि,सिटी जुलुस लगाएतका कार्यक्रम गर्दै आएका थिए ।
Discussion about this post