रास्कोटका सबै वडा,स्वस्थ्य संस्था र विद्यालयमा सरसफाईमा पहुंच पुग्दै(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिका र युनिसेफको सहयोगमा कालीकोटको रास्कोट नगरपालिकामा स्वच्छ खानेपानि र सरसफाईका क्षेत्रमा उल्लखनिय काम गर्दै आएको छ ।

रास्कोट नगरपालिकाका सबै वडा तथा विद्यालय र स्वस्थ्य चौकीमा खानेपानि र सरसफाईको पहुंचमा सहजता तिव्र पारेको छ । अघिल्लो वर्ष ६ सय घरधुरी र आधा दर्जन विद्यालयमा सरसफाई सम्बन्धि काम गर्दै आएकोमा चालु वर्षमा अधिकांस वडा हरुका साथै विद्यालय र स्वस्थ्य संस्थामा खानेपानि र सरसफाईका सबै प्रक्रिया पुरा गर्ने बताइएको छ ।

रास्कोट नगरपालिकामा रहेको २ हजार घरधुरीमा चाल आर्थिक वर्षमा खानेपानिका मिटर सहितका एक घर एक धारा निर्माण गर्न काम तिव्र गतिमा अघि बढेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । यस वर्षमा कुनै पनि वडाका समुदायहरुले खानेपानिमा असहजता नहुने बताउनु भएको छ ।

अहिले वडा न.२को सेरावजार,५को बुढावाडा,९को फुकोट,वडा न. १को शुन्दर आधारभुत विद्यालय,वडा न. ७को पञ्चआधरभुत विद्यालयमा काम तिव्र गतिमा शुरु भएको बताइएको छ । युनिसेफका गणेश रावलका अनुसार अहिले विभिन्न ठाउँमा काम तिव्र गतिले भएको र सो कामको स्थानिय जनप्रतिनिधहरुलाई अनुगमन गराउने काम भएको बताउनु भएको छ । त्यसै गरी स्वस्थ्य चौकी स्युनामा अपांग मैत्रि बाटो सहित र्यालिंग र खानेपानिको उचित व्यवस्थापन गरिएको बताइएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ७ पुर्छेगाउँमा रहेको पञ्चआधारभुत विद्यालयमा सामुहिक हात धुने धारा,र्यालिंग सहितको बाटो,छात्राहरुका लागि सेनिटरी प्याड व्यवस्थापन स्थल तथा व्यवस्थित सौचालयको निर्माण गरिएको रावलले बताउनु भएको छ । उनका अनुसार शुन्दर आधारभुत विद्यालयमा काम अघि बढेको छ ।

यस अघि रास्कोट नगरपालिकाको वडा न. ९मा रहेको पिंगलदोवि आधारभुत विद्यालयमा सरसफाईका लागि खानेपानि,व्यवस्थित सौचालय,फोहोर व्यवस्थापनका लागि सेनिटरी प्याड विर्सजनको व्यवस्था सहितको संरचना निर्माण भएको थियो । सरसफाईका क्षेत्रमा रास्कोट नगरपालिकाको ५० प्रतिशत र युनिसेफ नेपालको ५० प्रतिशत लगानिमा काम शुरु भएको बताइएको छ ।

रास्कोट नगरपालिकालाई यसै वर्ष पूर्ण सरसफाई युक्त नगरपालिका घोषणा गर्ने योजना अघि सारेको नगरपालिकाले जनाएको छ ।

# तस्विर गणेश रावलको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित