लक्ष्मण बमले भण्डारी र रोकायालाई अभिभावकत्व स्विकार गर्नु पर्छ -मोतिराज बम

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,पलांताका घटनाका बारेमा नेपालि कांग्रेस महासमिति सदस्य मोतिराज बमले दुवै पक्षलाई संयम हुन र जनता प्रति उत्तरदायि हुन अनुरोध गर्दै भन्नु भएको छ । वहांले अगाडी भन्नु भएको छ लक्ष्मण भतिज र बिष्णु भाइ हुन । दुबै असल र उम्दा नेता हुन। घटना बिल्कुल निन्दनीय छ । घाइतेहरूको उपचार सस्थागत ढंगले इमिडियट गरियोस ।

कसैलाई हेलिकप्टर र कसैलाई बाइकसमेत नदिने कार्य नहोस् । त्यो झगडाले पलाता बाहिरका राजनीतिक दलालहरु सलबलाएको आभास पाएको छु । म २०४० सालदेखि पलाताको पक्षमा आवाज उठाउदै र चिन्ता व्यक्त गर्दै आएको ब्यक्ति हु । भुटिभाङ बुद्धि नभएका हरुको पलातामाथि रजाइ गर्ने र नेता हुने प्रचलन उहिल्यै देखिको हो । अहिले त्यो निरन्तरतामा कुत्सित मन भएका दुइ कौडिका तोरिलाउरेहरु घटनालाई अतिरन्जित गराएर बल्छिमा बढी चारो हालेर माछा मार्ने दाउमा छन । त्यो कुरा लक्ष्मण बम,बिष्णु रोकाया र मानबहादुर भण्डारीले मनन गरिदिन आग्रह गर्दछु ।

अन्तमा दोषी जोसुकै हुन यो भावाबेश र आवेगको आगो आफै निभाउन आफैं सक्षम छौ भन्ने सन्देश दिन र कुशल नेतृत्व स्थापित भएको परिभाषित गर्न बिष्णु रोकाया र मानबहादुर भण्डारीलाई लक्ष्मण बमले सम्मानित अभिभावक स्वीकार गर्न जरुरी छ र बिष्णु र मानबहादुरले पनि लक्ष्मणको लचिलोपनलाइ आत्मसात गर्नुपर्छ । साथै यो पनि स्मरण रहोस् गत स्थानीय निर्वाचनमा मानबहादुर भण्डारीको बलबुता र बिष्णुको उम्मेदवारी मात्र नभएको भए लक्ष्मण बमको शिरमा पालिका अध्यक्षको पगरी पनि हुन्थेन त्यो ॠण खुनले होइन गुनले तिर्ने हो ।

सामाजिक संजालमा पलांता घटनाका बारेमा वहांले लेख्नु भएको छ ।  हामी(ठकुरीं)लाई यो हेक्का रहोस् माटोप्रती (देश) पहिलो माया क्षेत्रीको हुन्छ नेपाल बचाउने पनि क्षेत्री नै हुन । ठकुरीपनि हिजो लडे तर क्षेत्रीकै भरमा । भाइ बिष्णुको भनाइले अत्यन्त संयमित र सतर्क भएको छु , बाघ जिस्काउनु र स्याल जिस्काउनु फरक होू वीर अमरसिंह थापाले भनेको पनि त्यही थियो म बाघको
डमरु हु सिनो खाने कुकुर नसम्झू आखिर अंग्रेज़ थर्क्यो ।

भतिज लक्ष्मणको मुखाराबिन्दबाट यतिमात्र एक शब्द निस्कोस भन्ने प्रतीक्षामा छु म  जे हुने भैसक्यो मिलौ इबि नसाधौ,बस यत्ति भने पुग्छ । महान शक्ति क्षमा हो । भनिन्छ ( गल्ती गर्नु मानत्व हो , गल्ती दोहोर्‍याउनु पशुत्व हो , गल्ती स्वीकार गर्नु देवत्व हो ।

(नेता बम लेखक संघका केन्द्रिय उपाध्यक्ष पनि हुनु हुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित