प्रतिगमन विरुद्ध महावैमा अभियान तिव्र,ओलिलाई कदम सच्याउन नेता गाउँलेको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि ओलिको संसद विघटनका विरुद्ध महावै गाउँ पालिकामा गाउँ गाउँमा अभियान तिव्र पारिएको छ ।

नेकपा प्रचण्ड माधव पक्षले महावैका गाउँ गाउँमा अभियान तिव्र पारेको हो । उक्त अभियानका क्रममा आज वडा न.१ थामखेतमा आयोजित कार्यक्रममा बोल्दै नेकपा कालीकोटका सचिवालय सदस्य चित्रसिंह गाउँलेले अहिलेका परिस्थितिमा केपि ओलिले चालेको कदम गैरजिम्मेवारी र असंबैधानिक भएकाले कदमका बारेमा जनस्तरमा आउनु परेको बताउनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र क का संयोजक सर्पराज सिंहले देशलाई अग्रगमन, अमन चयन तथा विकासको तिव्रता दिने गरी जनताले ५ वर्षको अविधका लागि पठाइएका जनप्रतिनिधिहरुलाई काम गर्न नदिई विचैमा संसद विघटन गरेर देश खाडलमा हालेको बताउदै जनताले सजक हुनु पर्ने बताउनु भएको छ ।

यस अघि नेकपाका नेता कर्नालि प्रदेशका सचेतक कुर्मराज शाहीको उपस्थितिमा अगुवा कार्यक्रता भेला भएको थियो भने सोमबार महावैको वडा न. २र ३ मा कार्यक्रम भएको बताइएको छ ।पछिल्लो समयमा कालीकोट जिल्लाका ग्रामिण वस्तिमा केपि ओलिको कदमको भण्डाफोर अभियान संगै कार्यक्रताहरु संगको भेटघाट तिव्र बनाइएको नेकपा कालीकोटले जनाएको छ ।

केन्द्रिय संघर्षका कार्यक्रम अन्तरगत जिल्ला भर वडा तथा टोल स्तरमा भण्डाफोर अभियान तिव्र पारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित