काठमाडौं । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटन गरे संगै चरणबद्ध आन्दोलनमा रहेको अनेरास्ववियुले दोस्रो चरणको आन्दोलनका क्रममा आज काठमाडौंमा लालटिन जुलुस गरेको छ ।
लालटिन जुलुस कार्यक्रममा पूर्व मन्त्रि तथा नेकपाका नेता योगेश भटराई समेत उपस्थिति रहेको बताइएको छ । पछिल्लो समयमा केपि ओलिको कदमका विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले विरोध गर्दै आएको छ ।
उक्त कदम नसच्याउन्जेल निरन्तर आन्दोलन गर्ने अनेरास्ववियले जनाएको छ ।
Discussion about this post