कालीकोटका गाउँ गाउँमा ओलि कदम विरुद्ध नेकपाको अभियान

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा नेकपा प्रचण्ड माधव नेपाल समुहको केन्द्रिय संघर्षका कार्यक्रम अन्तरगत तिव्र रुपमा भण्डाफोर अभियान संचालन भएको् छ ।

वडा तथा टोल स्तरमा कार्यक्रतालाई ओलिले गरेको असंबैधानिक कदमका बारेमा जनस्तरमा व्यापक भण्डाफो अभियान तिव्र पारिएको छ । जिल्ला स्तरमा नेता तथा कार्यक्रताहरु उक्त कदमका विरुद्ध लागि परेका छन ।

जिल्ला स्तरका नेताहरुलाई कार्यक्रताहरुलाई भेला गराएर प्रशिक्षण दिने र कदमलाई गलत भएको पुष्टि गर्ने अभियान प्रचण्ड माधव पक्षले् तिव्र पारेको हो । जिल्ला स्तरका नेताहरु दौडाहमा लागि परेका छन ।कर्नालि प्रदेशका सचेतक कुर्मराज शाही, नेकपाका कालीकोट अध्यक्ष धनजित शाही लगाएतका नेताहरु अभियानमा सहभागि भएको छन ।

पहिालो चरणमा पालिका स्तरमा अगुवा कार्यक्रताहरुको भेला तथा प्रशिक्षण गर्ने र दोस्रो चरणमा टोल स्तरमा कार्यक्रम घनिभुत पारिएको बताइएको छ । यस अघि कुर्मराज शाहीको नेतृत्वमा शुभकालिका,महावै, नरहरिनाथ र हुंदै सान्नित्रिवेणि पुगेको छ भने महावैमा चित्रसिंह गाउँले र सर्पराज सिहंको नेतृत्वमा अभियान तिव्र पारिएको छ ।

आज सान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुडीमा भएको कार्यक्रममा प्रदेश सांसद कुर्मराज शाही लगाएतका नेताहरुले सम्बोधन गर्दै ओलि कदम विरुद्ध देशभर भण्डाफोर अभियान तिव्र पारिएको र सोही अनुसार ओलिलाई आन्दोलनले बगाउने बताउनु भएको छ ।

सो कार्यक्रममा असंबैधानिक कदम खारेज गर , प्रतिनिति सभा पुनरस्थापना गर जस्ता नारा लगाइएको सान्नित्रिवेणि गाउँ कमिटि सचिव कृष्णकला पाण्डेले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित