विद्यार्थि नेता शहिद जनम बराल (संग्राम)को हत्या कसरी भएको थियो ?

7
SHARES
15
VIEWS

कालीकोट । वाल्यकालमा विद्रोही स्वभावका धनि जनम बरालको जन्म २०३६ साल चैत्र ६ गते बुवा मेघराज बराल र आमा रत्नकला बरालको कोखबाट मान्म गाविस वडा न. ३मा भएको हो ।

तिक्ष्ण दिमाग भएका जनम बरालको कक्षा १ देखि ९ सम्म मान्म स्थित पञ्चदेव माविमा भएको थियो । ११ वर्षको उमेर हुंदाको अवस्थामा बुवाको निधन भएका बरालको १४ वर्षको उमेरमा विवाह भएको थियो ।उक्त विवाहले निरन्तरता पाउन नसके पछि २०५७ सालमा पार्टी भित्र जनवादी विवाह भएको थियो ।

नेकपा(माओवादी)ले थालेका जनयुद्धले उनमा राम्रो संग प्रभाव पारेपछि अनेरास्ववियुमा संगठित हुंदै इकाइ अध्यक्ष संगै २०५० सालमा एसएलसि र सो पछिको अध्ययन कर्नालि प्राविधिक शिक्षालय जुम्लामा अध्ययन गर्नु भएको र २०५२ सालमा अनेरास्ववियु (क्रा)कालीकोटको अध्यक्ष हुनु भए संगै वाइसिएलको समेत भुमिका निर्वाह गर्दै आउनु भएका बराल २०५३ सालमा भुमिगत हुनु भएको थियो ।

२०५६ सालमा विद्यार्थिको केन्द्रिय सदस्य,२०५५ सालमा पार्टी जिल्ला सदस्य,२०५८ सालमा विद्यार्थि केन्द्रिय सचिवालय सदस्य तथा सेति महाकालीको संयोजक र सेति महाकाली उपव्युरा सदस्य समेतको जिम्मेवारी पाउनु भएको थियो । सांस्कृतिक क्षेत्रमा उत्तिकै रुचि राख्ने शहिद जनम बरालले २०५८ सालमा १५ औं राष्ट्रिय सम्मेलन हाम्रो भन्ने देउडा गिती एलबम निकाल्नु भएको थियो ।

सेति महाकाली क्षेत्रको विद्यार्थि आन्दोलन र वर्ग संघर्षको उठानका लागि विशेष भुमिका निवार्ह गर्नु भएका बरालको २०५८ मंसिर २३ गतेका दिन कैलालि जिल्लाको बेलादिपुर ३ सेहरी भन्ने ठाउँमा तत्कालिन शाही सेनाको ३०० जनाको जत्थाले घराहालि खाना खाइरहेको अवस्थामा कव्जा गरी भुपु केन्द्रिय सदस्य सहित १० जनालाई शरिरि छिया छिया पारेर गोलि हानि हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित