ट्रम्पका समर्थकद्धारा संसदमा आक्रमणः मृत्यु हुनेको संख्या चार पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै छिरेर आक्रमण गर्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने महिला सैन डिएगो निवासी एसली बैबिट हुन्। अन्य तीन जनाको पहिचान खुलेको छैन।

संसदभित्र गोली चलाउनुका साथै उनीहरुले संसद भवनमा तोडफोडसमेत गरेका छन् । अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका हुन् ।

ट्रम्पले अहिलेसम्म आफूले चुनाव नहारेको दावी गरिरहेका छन् भने उनका समर्थकलाई हिंसात्मक प्रदर्शन गर्न ट्रम्पले नै प्रेरणा दिइरहेका छन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनलाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अहिले राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।एजेन्सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित