कालीकोट । राष्टिय सभाका सदस्य जिवन बुढाले राष्टिय सभामा बोल्दै गएको साउन महिनामा आएको बाढिपिडितले गरेको क्षतिमा प्रत्यक्ष असर पारेर खुला आकाशमा बस्न बाध्य भएका १ हजार एक सय बढिलाई तत्काल पुनरवासको व्यवस्था गर्न अनुरोध गर्नु भएको छ ।
राष्टिय सभा हिंउदे अधिवेशनमा सुन्य समयमा मात्र १ मिनेट बोलेका सांसद जिवन बुढाले कालीकोटमा अहिले हिंउ परेको छ यहि समयमा खुला आकाशमा बस्न बाध्य भएका समुदायलाई सरकारले अविलम्ब उचित व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ ।
सांसद बुढाले बाढिपहिरोमा क्षति पुगेका स्थानिय तहको नाम समेत उल्लेख गर्दै नरहरिनाथ,महावै,सान्नित्रिवेणि गाउँ पालिका,रास्कोट,तिलागुफा नगरपालिकामा घरवार विहिन भएका छन । उनिहरु खुला आकाश मुनि बस्न बाध्य भएकाले उनिहरुको पुनरस्थापनाका लागि नेपाल सरकार संग जोडदार माग गर्नु भएको हो ।
सुन्य समयमा बोल्दै कोमल वलिले अमेरिकामा भएको संसद भित्रको आक्रमणले सिंगो प्रजातन्त्र माथिको हमला भएको बताउदै भत्सर्ना समेत गरेकी छन ।
त्यसै गरी अन्य ३ जना सांसदहरुले सुन्य समयमा बोल्दै सरकारले गैर संबैधानिक कदम चालकोमा आपति जनाएका थिए ।
Discussion about this post