सञ्चारकर्मीको कोरोना परीक्षण गर्न माग

7
SHARES
15
VIEWS

काठमाडौं/बैशाख,नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पत्रकारहरु कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेको भन्दै उनीहरुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेको छ  ।

‘मंगलबार आम नगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको छ । उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत विज्ञप्तिमार्फत माग गरिएको छ। मंगलबार प्रदेश नम्बर २ को पर्सामा २ जना पत्रकारमा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित