रास्कोटमा शिक्षक क्षमता अभिबृद्धि तालिम शुरु

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा शिक्षकहरुलाई क्षमता अभिबृद्धि. तालिम गरिएको छ ।

विद्यालयमा शिक्षा सम्बन्धि विभिन्न क्रियाकलापहरु क्षमता अभिबृद्धि,सिकाई व्यवस्थापन, विपद सम्बन्धि विभिन्न विषयमा सिक्ने सिकाउने कार्यक्रम अन्तरगत तिन दिने तालिम गरिएको हो ।

सहास नेपालको आर्थिक सहयोग तथा रास्कोट नगरपालिकाको समन्वयमा उक्त तालिम संचालन गरिएको शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताएका छन । उनका अनुसार रास्कोटका २५ जना आधारभुत तहका शिक्षकलाई उक्त तालिम दिइएको बताइएको छ ।

रास्कोटमा शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपाने र शिक्षा श्रोत व्यक्ति महा प्रसाद बरालले सहजिकरण गरेको बताइएको छ । उक्त तालिम रास्कोटमा पौष २४ गते समापन हुने र सान्नित्रिवेणि गाउँ पालिकामा २५ गते देखि शुरु हुने समेत बबताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित