नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले पठायो सात दिने म्यादसहितको पत्र

7
SHARES
15
VIEWS

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले गरेको निर्णय अनुसार पत्राचार गरेको बताइएको छ । आयोगले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर अलग–अलग पत्राचार गरेको हो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेको छ । आयोगले दोस्रो पटक राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दुवै पक्षलाई पत्र पठाए पनि दुवै पक्षले आयोगले भनेअनुसार नभई दफा ५१ अनुसार पार्टी विधान संशोधन र पदाधिकारी हेरफेरको मात्र जानकारी गराएको आयोगले जनाएको छ ।

दफा ४४ अनुसार दाबी नपर्दा आयोग अलमलमा छ । आयोगले ऐनको दफा ४४ को उपदफा १ लाई खुलाएर दलको नाम, झन्डा वा चिह्नसम्बन्धी विवादमा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधार र प्रमाणसहित पेस गर्न गत आइतबार नेकपाका दुवै पक्षलाई पत्राचार गरेको थियो ।

त्यसको जवाफमा दुवै पक्षले नेकपाको आधिकारिक पक्ष आफूहरू नै भएको दाबी गरेपछि आयोगले फेरि अर्को पत्र पठाउने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित