काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् ।
श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरू ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरूबीच केही दिनयता विवाद हुँदै आएको थियो ।
गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
Discussion about this post